चेतन कार्की प्रतिष्ठानको तदर्थ समिति गठन

Uncategorized

विश्वपरिक्रमा डेस्क
३१ अगस्त, वाशिंटन डिसी

नेपाली जगतमा वरिष्ठ साहित्यकार तथा उम्दा चलचित्र निर्देशकको प्रिष्ठित छबि बनाएका दिवङ्गत चेतन कार्कीको नाममा “चेतन कार्की प्रतिष्ठान” को गठन गरिएको छ ।
१४ भदौ २०७८ का दिन चेतन कार्कीका परिवार र शुभचिन्तकहरुको जमघटले वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा मोहन निरौला उपाध्यक्ष, मुरारी सिग्देल, कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र पारस कार्की र पङ्कज कार्की रहेका छन् ।
साथै तदर्थ समितिका सदस्यहरुमा राधेश्याम लेकाली, रविन्द्र खड्का तथा दिव्य गिरी रहेका छन् ।
प्रतिष्ठानको कार्यालय चेतन कार्कीकै घर ललितपुरमा रहने समेत निर्णय भएको छ ।
प्रतिष्ठानले चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्य राखेको छ ।
कोरोनाको कारण दिवङ्गत चेतन कार्कीका आत्मा वेचेको छैन, ढलेको गिलास, हनिमून जस्ता उपन्यास , कल्पना टूट चुकी है, जून निदाउन थाल्यो, माया प्रितिको चोखो कथा, हत्केलाले सधैंभरि सूर्य छेकिंदैन, हो देश मेरो पनि जस्ता नेपाली, हिन्दी गीत, कविता, मुक्तकका पुस्तक प्रकाशित छन् ।
उनका गीतहरुतूप्रै चलचित्रमा लोकप्रिय र कर्णप्रिय रहेका छन् ।

(फोटो: शब्दपथबाट)

1 thought on “चेतन कार्की प्रतिष्ठानको तदर्थ समिति गठन

Leave a Reply