कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-१

गद्य विविध साहित्यिक संस्था

विश्वपरिक्रमा

वि.सं. १९८२ साल साउन ११ गते तुन्छेगल्ली, सुन्तागाउँ, काठमाडौंमा माता सूर्यमायादेवी र पिता सूर्जप्रसाद प्रधानका सुपुत्रका रुपमा जन्मेका गोविन्दप्रसाद प्रधान नै नेपाली साहित्यका प्रख्यात् हस्ती कृष्णचन्द्रसिंह प्रधान हुन् । यो वर्ष अर्थात् २०८२ साल शतवार्षिकी बर्ष हो । वि.सं. २००२ सालमा वनारसबाट काशि बहादुर श्रेष्ठको सम्पादनमा निस्कने “उदय” पत्रिकामा “अश्रुधार” कविताबाट साहित्य यात्रा सुरु गरेका हुन् । उनको नेपाली साहित्यमा ठूलो योगदान छ । कविता, निबन्ध, समालोचना लगायत विविध विधामा उनका दर्जनौं कृतिहरू प्रकाशित छन् । उनको देहान्त वि.सं. २०६७ साल असार १७ गते काठमाडौंमा भएको थियो ।
उनका प्रकाशित कृतिहरू यस प्रकार रहेका छन्ः
मौलिक कृतिहरूः
१, भञ्ज्याङनिरै (कवितास‌ङ्ग्रह, २००८)
२, कवि ‘व्यथित’ र उनको काव्य साधना (समालोचनासङ्ग्रह, २०१५)
३, सालिक (निबन्धसङ्ग्रह, २०२६)
४, झीग बाखं साहित्य (समालोचना, नेपाल भाषा, २०३४),
५, नेपाली उपन्यास र उपन्यासकार (समालोचनासङ्ग्रह (२०३७)
६, सिर्जनाको सेरोफेरो (समालोचना सङ्ग्रह, २०४०)
७, अनाम सत्य (निबन्धसङग्रह, २०४६)
८, पाइला : आगतमा टेकेर (निबन्धसङ्ग्रह, २०४७)
९, पलाचिं लिना (समालोचना, नेपाल भाषा, २०५२)
१०, प्रतिकुलताको सृष्टि मः मैं मेरो सर्जक (निबन्धसङ्ग्रह,२०५५)
११, वाग्मतीको हरक (निबन्धसङ्ग्रह, २०५७)
१२, नफर्कने ती दिनहरू (आत्मसंस्मरण, २०५९)
१३, कृति अवलोकन (समालोचना, २०५९)
१४, समय सुनामी (निबन्धसङ्ग्रह, २०६३)
१५, जिन्दगीका टिपोटहरू (आत्मकथा, २०६३)
१६, आरम्भअघिका शब्दहरू(भूमिकाहरू, २०६४)सं.प्रा.डा. गोविन्दराज भट्टराई
१७, कृष्णचन्द्रसिंहका निबन्ध (निवन्ध सङ्ग्रह, )
सम्पादनः
१, आँखा (मासिक, २००४),
२, पासा (नेवारी दैनिक, २०१३)
३, जनसाहित्य (द्वैमासिक, २०१४)
४, हिमानी (द्वैमासिक, २०२१),
५, साझा समालोचना (समालोचनासङ्ग्रह, २०२५)
६, गरिमा (मासिक, २०३९)
७, कावागुचीको नेपाल बसाइ (यात्रासंस्मरण, २०४६)
८, समकालीन साहित्य (त्रैमासिक, २०४७),
९, ए रिप्रिजेन्टिभ कलेक्सन अफ नेपाल भाषा पोइम्स (२०५४)

पुरस्कार/सम्मान :
१, मदन पुरस्कार (२०१५),
२, गोरखा दक्षिणबाहु (२०२४),
३, रत्नश्री स्वर्णपदक (२०२५)
४, साझा पुरस्कार (२०३७ र २०४७)
५, गुणराज स्मारक व्याख्यान पुरस्कार (२०३७)
६, उत्तम कुँवर पुरस्कार (२०४७)
७, धरणीधर पुरस्कार (२०४७)
८, झपट पुरस्कार (२०५५)
९, सीताराम प्रज्ञा पुरस्कार (२०५७)
१०, त्रिभुवन प्रज्ञा पुरस्कार (२०६०)
११, प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगर (२०४६),
१२, धौलागिरि साहित्यिक प्रतिष्ठान, बागलुङ (२०४६),
१३, लाजिम्पाट क्लव, काठमाडौँ (२०५०)
१४, नारायणी वाड्मय प्रतिष्ठान, वीरगञ्ज (२०५३)
१५, आह्वान समूह, चाबहिल (२०५५)
१६, शेषहिरा प्रतिष्ठान, काठमाडौँ (२०५८)
१७, सर्वदा वाड्मय प्रतिष्ठान, काठमाडौँ (२०५८)
१८, नेपाली लेखक सङ्घ (२०५८),
१९, मधुपर्क सम्मान (गोरखापत्र, २०६०)

(यी प्रकाशित उनका मौलिक र सम्पादित कृतिहरू तथा पुरस्कार सम्मानमा थप जानकारी छन् भने कृपया पठाएर सहयोग गर्नु होला । यस वर्ष उनका रचना तथा उनका बारे सम्झनाहरू क्रमस प्रकाशित गर्दै जाने विश्वपरिक्रमाको प्रयास रहनेछ ।)