२३ वैशाख २०८२, काठमाडौं
नेपाली साहित्यमा सञ्जय थापाको नामले सुपरिचित साहित्यकार प्रदीप नेपालको २३ वैशाखका दिन नर्भिक अस्पतालमा दुःखद निधन भयो । उनी पछिल्लो समय पार्किन्सन्स रोगसँग जुधिरहेका थिए ।
साहित्का क्षेत्रमा सञ्जय थापाको नामले वामपन्थी भूमिगत राजनीतिका बेला लेखेका उनका पूर्वतिर, पार्टीकी आमा, देउमाइको किनारमा, मुक्त आकासको खोजी, खुइते कडेरिया जस्ता कृतिहरु निकै लोकप्रिय थिए ।
भोजपुरको गोगनेमा विसं २०१० पुस २८ गते जन्मिएका उनी वामपन्थी राजनीतिमा सकृय थिए र ऐतिहासिक नख्खू जेल बाट सुरुङ खनेर भाग्न सफल भै चर्चित समेत रहेका थिए । नेपालको राजनैतिक ईतिहासमा नख्खू जेलबाट त्यसरी सुरुङ खनेर मुक्त भएको घटना ऐतिहासिक घटना मानिन्छ ।
राजनीतिमा सकृय रहँदा प्रदीप नेपाल मन्त्री समेत भएका थिए र उनी मन्त्री रहँदा उनकै उपन्यासमा आधारित चलचित्रको सेन्सरबाट केही अङ्स काटिएको घटना निकै चर्चित समेत भएको थियो ।
पछिल्लो समय उनी राजनीतिबाट टाढा भएका थिए र साहित्य लेख्दै र रोगसँग जुधिरहेका थिए ।
विशेषतः उपन्यास र संस्मरण विधामा उनका कृतिहरु प्रकाशित छन् ।
विदेश भ्रमण प्रिय उनका नियात्राका कृतिहरु पनि प्रकाशित र पुस्कृत भएका छन् ।
उनका ५० बढी साहित्यिक कृतिहरु प्रकाशित छन् ।
