कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको दोश्रो सूचि प्रकाशित

मुख्य समाचार

१९ साउन २०८२, चितवन

कवि डाँडा साहित्य समाजले एक बिज्ञप्ति प्रकाशित गर्दै कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ का लागि दोश्रो तथा अन्तिम सूचि प्रकाशित गरेको छ ।
दोश्रो सूचिमा छुदेन काविमोको उरमाल (उपन्यास), पंचम अधिकारीको प्रवासीको देश हुन्न(कथा सङ्ग्रह), श्रीधर खनालको सावर्णि (उपन्यास), सरस्वती प्रतीक्षाको स्व (उपन्यास) तथा तिर्थ गुरुङको हिउँको गीत (उपन्यास) परेका छन् ।
यी ५ कृतिमध्ये एक कृतिले १ लाख २५ हजारको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्राप्त गर्नेछ ।