२१ असार २०८२, काठमाडौं
कविद्वय प्रा.पुरुषोत्तम दाहाल तथा उनका सुपुत्र अनिमेष दाहालको संयुक्त कविताकृति’वंशवृक्ष’को एक कार्यक्रमका बीच मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी,प्रा.विष्णु केसी,कलानाथ दाहाल,खेमनाथ दाहाल,कृष्णप्रसाद भट्टराई, गणेशराज पोखरेल,शान्ता दाहाल, लेखक स्वयम् तथा साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला लगायत मञ्चासिन व्यक्तित्वहरूले सामुहिक रुपमा लोकार्पण गरे ।
कार्यक्रममा प्रा.विष्णु केसीले खण्ड’क’को प्रा.पुरुषोत्तम दाहालको कविताको समीक्षात्मक टिप्पणी गरेका थिए। अमेरिका बसाइमा २०७९ पछि लेखिएका कविताहरू भएको र ती कविताहरूमा राजनीतिक विकृति र विसंगतिहरू
मुखरित भएको बताए।साथै,उनले सङ्ग्रहबाट एउटा कविता पनि वाचन गरेका थिए।
अर्का समीक्षक खेमनाथ दाहालले खण्ड’ख’को कवि अनिमेष दाहालका कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै कविताहरू ध्वनि र अलंकारमा लेखिएको बताए।
कार्यक्रममा लोकार्पित पुस्तकभित्रबाट कृष्णप्रसाद भट्टराई र नन्दकृष्ण जोशीले एक एक वटा कविता वाचन गरेका थिए भने कलानिधि दाहाल,अश्विनी कोइराला,मनोज न्यौपाने तथा वियोगी बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए।
अनिमेष दाहाल अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित रहे भने प्रा.पुरुषोत्तम दाहालले आफ्नो कृति रचना बारे प्रकाश पारेका थिए ।म न्तव्यका क्रममा उनले हाल मान्छेमा बिर्सने रोग बढ्दै गएको सन्दर्भमा जति लेख्यो त्यति सम्झना शक्तिको वृद्धि हुने कुरा बताए। उनले’नलीहाड धुन’कविता पनि वाचन गरेका थिए।
कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कविद्वय पिता पुत्रको व्यक्तित्व तथा कृतित्वबारे बोलेका थिए।
विनोद दाहाल वत्सले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण तथा सञ्चालन गणेश सुवेदीले गरेका थिए।
पिता तथा पुत्रको यो संयुक्त कवितासङ्ग्रहमा पिता पुरुषोत्तम दाहालका १७ थान कविता छन् भने पुत्र अनिमेष दाहालको १३ थान रहेका छन्।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
