पौराणिक पृष्ठभूमिको उपन्यास’जरत्कारू’को परिचर्चा

समाचार

१९ वैशाख २०८२, काठमाडौं

उपन्यासकार किरणआचार्यको पौराणिक पृष्ठभूमिको उपन्यास’जरत्कारू’को एक कार्यक्रमका बीच परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा कार्यक्रममा पौराणिक पात्र जरत्कारूका बारेमा उपन्यासका भूमिका लेखक समेत रहेका समालोचक प्रमोद प्रधान तथा आख्यानकार नयनराज पाण्डेले संक्षेपमा समालोचकीय टिप्पणी गरेका थिए।
परिचर्चा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख व्यक्तित्व डा.लवदेव अवस्थीले ‘जरत्कारू’ उपन्यास पूर्वीय दर्शनमा आधारित भएको र पौराणिक पात्र र कथासँग सम्बन्धित रहेकोले यसको विशेष महत्त्व रहेको बताए।
उपन्यासकार किरण आचार्यले उपन्यास लेखन यात्राबारे बोल्दै कोभिडको महामारीको बेला तथा डक डाउनको अवस्थामा उक्त उपन्यास लेखिएको बताइन्। साथै यस अघिका पौराणिक उपन्यासहरू’अहल्या’ तथा ‘परशुराम’को लेखनको बारेमा समेत संक्षेपमा प्रकाश पारेकी थिइन् ।
सो अवसरमा प्रा.डा गोविन्दमानसिंह कार्की,राजकुमार बानियाँ तथा शंकर भारतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सभापतिको आसनबाट अध्यक्ष राधेश्याम लेकालीले उपन्यासकार किरण आचार्यको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षेपमा प्रकाश पारेका थिए । उनले किरण आचार्यबाट अरू थप पौराणिक कृतिहरू जन्मिने अपेक्षा गरेको बताए।
सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन सुभाषचन्द्र पौडेल’भीमफेदीया’ ले गरेका थिए।

(काठमाडौंबाट सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)

 

Leave a Reply