गोविन्दराज भट्टराईको उपन्यास “नयाँ मुगलान” विमोचित

मुख्य समाचार

१२ माघ २०८१, काठमाडौं

नेपाली वाङमयका वरिष्ठ विद्वान डा. गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ मुगलान” विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष तथा स्रष्टा सवैले सामुहिक रुपमा सो कृतिको विमोचन गरे ।
कृतिका वारेमा जानुका खतिवडा, प्राडा कुमार कोइराला, प्रा महेश पौड्यालले विमोचित कृतिमाथि आआफ्ना धारणा व्यक्त गरे ।
साहित्यकार एल.बी.क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो विमोचन समारोहका प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी रहेका थिए ।
कार्यक्रममा विमोचित कृतिका स्रष्टा डा. भट्टराईले लेखकीय मन्तब्य राखेका थिए ।
कार्यक्रम साहित्यकार अशोक थापाले सञ्चालन गरेका थिए ।
डा. भट्टराईले ५० बर्षअघि मुगलान उपन्यास प्रकाशित गरेका थिए र सो उपन्यास उनको सर्वाधिक संस्करण निस्केको र सर्वाधिक विक्री भएको उपन्यास हो । त्यसपछि उनका “सुकरातका पाइला” तथा “सुकरातको डायरी” उपन्यासहरु प्रकाशित छन् ।

 

 

 

 

1 thought on “गोविन्दराज भट्टराईको उपन्यास “नयाँ मुगलान” विमोचित

Leave a Reply