मामाघर

तारा पराजुली यही घर हो जहाँ मेरी आमाले कलिलो इतिहास लेखिन् । आमाले पहिलो श्वास फेरेको हावा अझै यिनै पोथ्राहरुमा अल्झिएको होला यहीँ खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु यही माटोमा जन्मिएको हो ओठको पहिलो खुसी आमाले ताते ताते गर्दै हिंड्न् सिकेको माटो पनि यही हो यही छानामा बजेको सुनेको हो झरीको पहिलो गीत […]

Continue Reading

स्वच्छन्द आकाश

पुष्पा खनाल, इलाम तिमी मलाई एउटा आकाश देऊ निलो आकाश मैले श्वास फेर्दा निस्किने प्रत्येक  वाफ तिम्रो आकृति कोर्न सकोस् । हुन त तिमीले दिएको एउटा आकाश छ मसँग तर आकाशसँगै परिधि पनि त दियौ । तिमीले पर क्षितिज हेर्यौ र भन्यौ त्यहाँसम्म नजानू, लडिन्छ । तिमी डरायौ र मलाई सतर्क गरायौ तिमीले मेरो दुरी […]

Continue Reading

एउटा अपरिचित अनुहार

डा.नाज सिंह, मास्को परिचित परिचितजस्तो तर अपरिचित एउटा धमिलो अनुहार आजकल बारम्बार मेरो सपनीमा आउँछ ! ऊ आउँछ र चियाउँछ ऊ आउँछ र पछ्याउंछ ऊ आउँछ र बेस्सरी मलाई झस्काउँछ, लाग्छ म कुनै ऋणी हुँ उसको ! ऊ आउँछ र केही सोधेको जस्तो गर्छ केही भनेको जस्तो गर्छ फेरि अनुहार बिगारेर पटकपटक मलाई गिज्याउँछ ! […]

Continue Reading

गजल

प्रवासी सुमन, टेक्सास, अमेरिका बजारले सम्बन्ध यस्तो औपचारिक बनायो मान्छेहरु भन्दा बस्तु सॅंग पो नजिक बनायो मान्छे न हो कमजोरी अवश्य हुन्छन् धेर थोर अन्ध भक्तिले जिम्दोलाई नि शालिक बनायो छोपिदा पनि केही त झन् झन् उजेलिन्छन हिऊॅंले ढाकेरै टाकुरा कस्तो स्फटिक बनायो हांसो भन्नु सिमल भुवा उडी जान्छ क्षण भरमै आसुंले पो त जिन्दगी […]

Continue Reading

फर्क आफ्नै गाउँमा

बिमला अधिकारी देवकोटा, भरतपुर चितवन   सुन्यताले  छाएको छ ,तिमी बिना  गाउँमा छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।   तिम्रै लागि तड्पेकोछ,मन मुटु सधैं भरी प्रतिबिम्ब बनी दिन्छौ, मेरो आँखा वरिपरि चोखो माया साँचेकोछु, मैले तिम्रो नाउँमा छिट्टैफर्की आऊ प्यारा, आफ्नै प्यारो ठाउँमा ।   तिम्रो माया भए पुग्छ, अरु केही चाहिँदैन तिम्ले गर्ने […]

Continue Reading

खाली हात

रञ्जुश्री पराजुली, अष्टिन, टेक्सास, अमेरिका     भात माग्ने जात  माग्ने छाती माथी लात थाप्ने निहुरीमुन्टीमा खाताखात झर्ने मिल्न सके सधै दाहिना हुने   बेरोजगार टाक्सिएको पेटले टाढैबाट नमस्ते गर्ने तैपनी र्याल काड्दै पछि लाग्ने मौकामा चौका पार्न चरणामृत धट धटी पिउँने तर पनि रित्तो पेट फर्कने   तर स्वच्छ छवी भएको होचो मन्द कछुवा […]

Continue Reading

समयचक्र

मीना श्रेष्ठ, काठमाडौं   लाग्थ्यो- आमा हुनु पुर्ण आइमाई हुनु हो, तिमी आयौ र नै त्यही क्षण त्यही पल एउटा सुखद् अनुभूति भोगेथेँ आमा हुनुको पूर्ण नारी हुनुको।   आमाको अनुहारमा निर्दोष आँखाले हेरेर काखमा घुटुघुटु स्नेह पिउदै गरेको, मुटुका टुक्राको ढुकढुकी सँगै आफु बाँचिदिन्थें तिनका खुशी भित्रै भेट्थेँ आफुलाई दुःख थियो तर मधुरो तृप्ति […]

Continue Reading

केही मुक्तकहरू

निशा के.सी., काठमाडौं १, नसोच्नु सधैं भाग्यमा, भरिएको डालो हुन्छ दुख, सुख  बिसाउन  प्रेमिल  अँगालो  हुन्छ मनभित्रै छ वसन्त भनेर जति नै मन बुझाए पनि ऋतुचक्र हो जीवन, हरेक ऋतुको पालो हुन्छ । २, सधैं त पर्दैन झरी, बादल पनि सरेर जान्छ सहन मात्र सक्नुपर्छ, हर संकट टरेर जान्छ सोचेकै थिईंन यो  संसारमा तिमी बिना […]

Continue Reading

प्रभाति किरण

रञ्जुश्री पराजुली   कालो घटालाई पन्छाउँदै सर्वत्र उज्यालो छर्ने हे प्रकृतिमाताका वरदपुत्र ! तिम्रो स्वर्णिम  छटा युक्त प्रभाती जन्म हेर्न प्रतिक्षारत अनगिन्ती छविहरु उत्साहित छन् भिन्नभिन्न स्थानबाट एउटै छटामा जन्मने तिमी हे प्रभाती भानु ! स्वर्णिम किरण छर्दै निमेष भरमा नै आफ्नो पुर्ण छटा देखाउँछौ सानो आकारबाट जन्मन प्रयत्नरत लाली किरण युक्त हे प्रभाती दिवाकर […]

Continue Reading

गुलाबजस्तै भ्रम

जगन्नाथ पौडेल, अमेरिका   तिमीलाई फुलाउन मसँगै फैलाएँ मैले मेरा हातका हाँगाहरू छेड्दैछेड्दै गएँ जमीनलाई पाउहरूले जरा/नङबाट बगे रगतका रगतहरू औंला/डाँठबाट बगे पसिनाका पसिनाहरू म फगत फैलाइरहें कर्मका हाँगाहरू पठाइरहें सुवासका धुनहरू ।   तिमीलाई हँसाउन मसँगै अर्को गुलाब बनाएँ तिमीलाई बगाएर मायाको रगत उभ्याएँ तिमीलाई अर्को बोटमा फुटाएर पसिनाको मूल भरें कोपिलाहरूको सपना तिमीभरि ओढाएर विश्वासका पातहरू छोपेर दुःखका काँडाहरू उठाउँदै उठाउँदै ठुलो झ्याङ बनाएँ तिमीलाई सुन्दरीको बाक्लो केशजस्तो मेरो धमनी तिम्रो जरामा गाडिदिएँ मेरो रगत तिम्रो चमकमा चम्काइदिएँ मेरो पसिना तिम्रा डाँठहरूमा भरिदिएँ फूल तिमीतिरै फुलोस् भनें फल तिमीतिरै फलोस् भनें शीतल हावा तिमीतिरै पठाएँ मधुर बास्ना तिमीभरि उठाएँ पठाउँदा पठाउँदै हावा उठाउँदा उठाउँदै बास्ना बिर्सेर आफ्नो अनुहार पँयाँलो भयो मेरो बोट/शरीर झर्नथाले एकएक पातहरू एक दिनको शिशिरमा अर्कोदिनको सिरेटोमा छेकेर मेरो श्वास खोसेर मेरो आस सबै उडाएर मिसाइदिएँ तिम्रो बोटमा तिमी हाँसिरहेको देखेर मैले भनें, आहा… कति सु्न्दर हुँदोरहेछ मृत्यु हेरीहेरी अरूलाई उठाएर मर्नुमा, म मरेको देखेर तिमीले भन्यौ, आहा… कति मीठो हुँदोरहेछ जीवन देखीदेखी अरूलाई ढलाएर बाँच्नुमा ।

Continue Reading