मात्र एक कदम अझै

भावना विष्ट   मात्र एक कदम अझै , अब त पक्कै किनारा होला । मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।   चँचल मेरा दुई नयनमा ,अब ख़ुशीको बरसात होला कमजोर मेरो मनमुटु , अब त पक्कै मज़बूत होला ॥   मात्र एक कदम अझै , अब त पक्कै किनारा होला मात्र एक नज़र अझै , अब त पक्कै इशारा होला ।।   भयो फ़ूटेर मुटु टुक्राटुक्रा ,केही त जोड़ने तरीक़ा होला कती हुनु यो रात मात्र,अब त पक्कै बिहानी होला ।।   पूर्णिमाको जगमग रात ,अनि दिन पनि मगमग होला सधैं एकैनास हुन्न जीवन ,अब त साकार सपना होला   कवि परिचयः लेखिका भावना विष्ट पर्वत जिल्लाको फलेवासमा जन्मेकी हुन् र हाल अमेरिकाको मेरिल्याण्डमा बसेवास गर्छिन् । उनकोएक कृति “संघर्ष” (विसं २०७९) प्रकाशित छ ।  

Continue Reading

परदेशबाट पत्र

प्रभा भट्टराई आचार्य   अघिल्ला सबै पत्र पायौ कि आमा ? सिरानी भिजाई निदायौ कि आमा ! कि भक्कानियौ सास रोकेर लामो ? मसी पग्लिँदा बाँध लायौ कि आमा !   जहाँ औषधी बन्दथ्यो स्निग्ध हात, बिसन्चो हुँदा खट्दथ्यौ रात–रात ! म ता काखमा मस्त घुर्थेँ, र तिम्रो झपक्कै नभै नेत्र हुन्थ्यो प्रभात !   […]

Continue Reading

म त फगत एक मुडो

पूजा चन्द, बाल्टिमोर   नत मष्तिकमा शव्दहरू सल्बलाउँछन् नत हातहरूले कलम नै चलाउँछन् फगत एक मुडो म, लरखराउँदै हिंड्ने कोसिस गरिरहेछु हैन हैन हिंड्ने होइन, घिसारिने कोसिस गरिरहेछु साथहरू त सबै छुटे कि क्या हो कतै अल्झेको बेला सम्झिने कोसिस गर्छु यादहरू मात्र छन् जो वतास जतिकै वत्तिन्छन आकास जतिकै चुलिन्छन र एक विन्दुमा पुगेर […]

Continue Reading

उमेर

नगिता लेप्चा राई   यो उमेर त मात्र अनुभवको कहानी हो हरेकको मनको दुःख र आँखाको पानी हो बालापनको हरेक रङ्ग धेरै खास हुन्छ बेरङ्ग त जवानी हुन्छ जबकि सबै साथ हुन्छ।।   ढल्दै गरेको रात जस्तै उमेर र एक्लोपनमा छटपटाइ रहेको म अझै केही गर्ने आशा धेरै लामो छ तर समय धेरै थोरै छ […]

Continue Reading

धरती र तिमी

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’   तिमी बस्ने गरेको घरजग्गा यही धरतीको अंश हो तिमीले खाने गरेको अन्नपात यही धरतीको उपज हो तिमीले लगाएको वस्त्र यही धरतीको उत्पादन हो तिमीले लगाएका गर-गहना यही धरतीबाट निकालिएको धातुको हो तिमीले प्रयोग गर्ने सारा सर-सामान यही धरतीको वरदान हो यहाँसम्म कि तिम्रो जीवनको अस्तित्व यही धरतीको कृपा हो के तिमीले […]

Continue Reading

धन्य छ धर्ती

खेम रिजाल, सिन्सिन्याटी ओहायो     उदाङ्गो भई आफैंमा एउटा युग फुलाई दियौ उभिएर प्रगति पथमा समयले गति लियौ स्नेह र ममता बोकी ल्यायौ गर्‍यौ ठुलो पुण्य फलाई दियौ बृक्षहरु रोपेर हरियाली धन्य ।   मुस्कुराउँछ प्रभात उचाली उच्च हिमाली शिर गाउँछे कोइली विरहका भाका हटाउँदै पिर छर्दै उज्यालो उमङ्गको बग्दछन् नदिका रेखी हर्षित हुन्छ मन, […]

Continue Reading

जिन्दगीमा

डा ऋषि बस्ताकोटी   यातना शिविरमा प्रतिकार गर्दागर्दै थाकेर थुचुक्क बस्नुअघिको आस्थाको वन्दीलाई जस्तै मलाई  अझै प्रहारहरू स्वीकार छन् , अन्तिम जित भेट्नुअघिसम्मका एक एक हारहरू स्वीकार छन् ।   जिन्दगीमा प्रहार आउँछन् र त तिनले सतीसाल झैँ उभिन सिकाउँछन्, हारहरूले हान्छन् र त तिनले जिन्दगीमा जित्न सिकाउँछन्, एकपछि अर्को जंघार आउँछन् र त जुक्तिले […]

Continue Reading

वाटर फाउन्टेन

डा. दामोदर पुडासैनी किशोर शान्त आँखाहरू बिस्कुनमा छन् म मौन आँखाहरू खोज्न आकाश यात्रामा हिडेको छु आवाज़ बर्षाउँदै उचाई लिए पनि कहिल्यै बिर्सनेछैन मलाई उभ्याउने हातहरूलाई सत्ताको मातमा कर्कस आवाज़ निकाल्नेहरू आवाज़हीन मान्छेहरूको दवाउँदैछन् आवाज़ म मौनता तोडेर सँगीतमय आवाज र लामो समयपछिको सुस्केरा निकालिरहेछु संसार भनेकै आकृति हो हलचल हो म मान्छेभित्रका मौन यन्त्रणा […]

Continue Reading

आज फेरि तिम्रो याद आयो

सीके पराजुली   तिम्रो त्यो जवानीमा सुहाएको त्यो मुस्कानको याद आयो झर्ना जस्तो तिम्रो कपाल अनुहार भरी फिंजाएर हांसेको याद आयो आज  फेरी  तिम्रो  याद आयो ।   तिमीसगै हिंडेको गोरेटोको याद आयो थकाई  मार्ने  नीहुमा चौतारीमा  बसेको याद आयो उकालीको चौतारीमा बितायको समयको याद आयो   तिर्खा  मेट्ने नीहुमा कुवाको  पानीले  छ्यापेको याद  आयो आज  फेरी  तिम्रो  याद आयो   तिमीले  बुनेर  दिएको त्यो  जाली  रुमालको  याद  आयो प्रेमपूर्वक तिम्रा  ति  कोमल  हातले अंगालो हालेको  याद  आयो मेलापात गरेका ती दिनहरूको याद  आयो प्रेम पूर्वक तिम्रा ती कोमल  हातले ॲंगालो हालेको  याद आयो आज फेरि तिम्रो  याद आयो ।   यी आँखाले तिम्रो  फोटो खिचिसकेको  याद  आयो यो दिल  भरी तिम्रो तस्बिर छुपाइ राखेको  याद  आयो   तिमीलाई  नहेरी बनाएको तिम्रो  तस्बिर  याद आयो तिमीसॅंग नभेटि तिम्रो  हालखबर भनेको याद  आयो आज फेरि  तिम्रो  याद आयो   गुन्द्रीमाथि  बसेर  सँगसंगै होम वोर्क गरेको याद आयो एकोहोरो  टोलाएर नजर  लगाएको याद  आयो तिमीले  खित्का  छोडी  हाँस्दै चिमोटेको  याद  आयो आज फेरी  तिम्रो  याद आयो |   कुरैकुरामा आँखाभरी छ्चल्केको तिम्रो आसुको याद आयो लज्जाले कापिरहेका तिम्रा  ओठहरुको याद आयो न तिमी चाहंथ्यो छुट्न मसग न म नै चाहन्थें बिदा हुन […]

Continue Reading

कलम र जीवन

रेणु अधिकारी “मौनता”   कलमको मसी सक्काएर फ्याक्न पाउँदा मन आनन्दित भए जस्तै जीवनको मसी सक्काएर फ्याँकिने कुराले , मानिस किन खुसी हुँदैन? जीवनको मसी सक्काएर । बिसर्जित हुने कुराले मानिस किन दु:खी हुन्छ ?   मैले धेरै कलमहरूको दाह संस्कार गरिसकेँ एउटा कलमलाई सम्पुर्ण रुपमा रित्याएर एउटा कापीलाई भरिभराउ पारेर म आफुले आफुलाई जितेको […]

Continue Reading