१५ चैत २०८२, काठमाडौं
नेपाली साहित्यको साहित्यमै केन्द्रित अन लाइन पत्रिका “साहित्यपोष्ट” ले ५० हजार राशीका तीन विधाका पुरस्कारका लागि पुस्तक आव्हान गरेको छ ।
विसं २०७७ सालमा साहित्यपोस्ट स्थापनाको पहिलो बर्षमा “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो ।
दोश्रो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ दुइ बिधामा प्रदान गरियो जसमा साहित्यपोस्ट उत्तम कृति पुरस्कार भवानी खतावडाले ‘घामभन्दा पहिले’ का लागि तथा साहित्यपोस्ट उत्तम काव्य पुरस्कार शान्ति प्रियवन्दनाले ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’का लागि जनही ५० हजार राशी सहित सो पुरस्कार प्राप्त गरे ।
विसं २०७९ देखि यो पुरस्कार काब्य, आख्यान तथा गैर आख्यानका लागि ५० हजारका दरले प्रदान गर्न थालियो ।
साहित्य पोस्टले विसं २०८१ साल बैशाख १ गतेदेखि चैत्रमसान्तसम्म प्रकाशित लेखकको लेखनकै पहिलो पुस्तक साहित्य पोस्टको कार्यालयमा उपलब्ध गराउन आव्हान गरेको छ ।
साहित्यपोस्टले जनाएअनुसार प्राप्तकृतिहरूमध्येबाट छननौट गरी २०८२ बैशाख २० गते पहिलो बिस्तृत सूचि प्रकाशन गर्ने जनाएको छ ।
०००
