७ माघ २०८२, काठमाडौं
गोरखापत्र संस्थानका तर्फबाट वि.सं. २०२५ सालदेखि नियमित प्रकाशित हुँदै आइरहेको साहित्यिक मासिक पत्रिका “मधुपर्क” को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त भएका छन् ।
पहिलो अङ्क कवि राजा महेन्द्रको सन्देशसहित प्रकाशित हुँदा सम्पादक गोपालप्रसाद भट्टराई तथा सहायकमा नारायणबहादुर सिंह, दाताराम शर्मा तथा भैरव अर्याल थिए ।
मधुपर्कले आफ्नो निरन्तर ५७ बर्षको प्रकाशनको माध्यमबाट नेपाली साहित्यको उन्नयनमा ठूलो टेवा पुगेको छ । यसका बिभिन्न बिधा र बिषयका बिशेषाङ्कहरूको पनि ठूलो महत्व रहेको छ ।
यसअघिका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको अवकाशपछि तुलसीहरि कोइराला सम्पादकमा नियुक्त भएका हुन् । गोरखापत्र संस्थानमा उनले आफ्नो जागिरे जीवन मधुपर्क मासिकबाटै थालनी गरेका थिए ।
