सीता पाण्डेका तीन कृतिहरुको विमोचन तथा विचार गोष्ठी

मुख्य समाचार

१ कार्तिक २०८२, काठमाडौं

अमेरिकामा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएकी चर्चित साहित्यकार सीता पाण्डेका तीन कृतिहरु “टुकुनी, खुशी र म” कविता सङ्ग्रह, “रङ्गीन जामा” गद्य सङ्ग्रह तथा अङ्ग्रेजीमा अनुदित गद्य सङ्ग्रह “साइलेण्ट भ्वाइस” को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगेन्द्रराज शर्मा, डा. गोबिन्दराज भट्टराई तथा डा. ज्ञानु अधिकारीले कृतिका बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा साहित्यकार तथा शुभचिन्तकहरू पुष्कर लोहनी, डा. तारा निरौला, शान्ता शर्मा, डा. सुरेन्द्र के. सीं.तथा दिनेश त्रिपाठीले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रमको शुरूमा लेखिका सीता पाण्डेले स्वागत मन्तब्य दिएकी थिइन् । त्यसपछि लोक गायक जीवन शर्माले हृदयस्पर्सी गीत “ चाहिंदैन सिसाको महल .. “ गीत प्रस्तुत गरेका थिए तथा कार्यक्रमको अन्त्यमा प्रसन्न हुमागाईंले वासुरीको धुन प्रस्तुत गरेका थिए ।
कार्यक्रम साहित्यकार कृष्ण “ धारावासी” ले गरेका थिए र कार्यक्रम संचालन वरिष्ठ पत्रकार तथा साहित्यकार युवराज गौतमले गरेका थिए ।

००००