कथावाचन एक्काइसौं शृङ्खला सम्पन्न

मुख्य समाचार

२७ असार २०८२, काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एक्काइसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कुनै दिवङ्गत स्रष्टाको सम्मानस्वरूप स्रष्टा श्यामराजाको ‘सुस्केरा’ शीर्षकको कथा वाचन गरियो कथाकार इन्दिरा प्रसाईले वाचन गरेकी थिइन् ।
त्यसपछि मधुवन पौडेलले आफ्नो कथा ’भीड, भाषण र खुल्ला मंच’, उषा शेरचनले ’अर्को क्षितिज’, साबित्री श्रेष्ठले ’फेरि बिग्रेकी केटी’, रासाले ’तेस्रौ दैनिकी’ शीर्षकको कथा वाचन गरे ।
कथा वाचनपश्चात् प्रा. डा. भरतकुमार भट्टराईले कथाकारद्वय मधुवन पौडेल र उषा शेरचनले प्रस्तुत गरे, मोहन चापागाईंले कथाकारद्वय सावित्री श्रेष्ठ र रासाका कथाहरुमाथि टिप्पणी गरे ।
कार्यक्रमको सुरुमा यस अभियानका परिकल्पनाकारद्वय मध्येका चन्द्रप्रसाद भट्टराईले कार्यक्रमको अहिलेसम्मको सफलतामा खुशी व्यक्त गर्दै यस श्रृङ्खलादेखि वाचन गरिएका कथाहरुमाथि समीक्षात्मक टिप्पणी गरिने जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दै आज स्मरण गरिेएका दिवंगत कथाकार श्यामराजाका बारेमा कैयौं अनुद्घाटित प्रसङ्गमा प्रकाश पारेका थिए ।
अढाई घण्टाभन्दा बढी समयसम्म शान्त वातावरणमा चलेको कार्यक्रममा अन्य कथाकार र कथाप्रेमीहरुको उपस्थिति थियो ।
कार्यक्रम उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम संचालन गरेका थिए ।

०००