२०८२ असार १४, काठमाडौं ।
साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाज नेपालले एक कविता वाचन कार्यक्रमको आयोजना ग-यो ।
कार्यक्रमको सुरुमा कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार पुष्कर लोहनी तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीबाट दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा कविहरु क्रमशः प्रमोद प्रधान, किशोर पहाडी, रवीन्द्र मिश्र, पुष्कर लोहनी, सुभाषचन्द्र ढुंगेल, विमल भौकाजी, नन्दु उप्रेती, पवन आलोक, लोचन भट्टराई, केशव सिग्देल, मन्जिला अनिल, उषा केसी, सविता श्रेष्ठ बेहोसी, कमला रिसाल, प्रमोद ढुंगाना, रितु कंडेल, दिव्य गिरी, सुनिता शर्मा उप्रेती, प्रकाश कुईंकेल, सावित्री लामा, पवनकुमार बुढाथोकी, नीना लोहनी, दामोदर लामिछाने, शुलिला गौतम लगायतले कविता वाचन गरेका थिए ।
सो कार्यक्रममा विमल भौकाजी तथा कपिल लोहनीद्वारा सम्पादित एकल व्यक्तित्व समाज नेपालको स्मारिका २०८२ “अभिवादन”को सामुहिक लोकार्पण गरिएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वबारे प्रकाश पार्दै कविता वाचन गरेका थिए भने एकल व्यक्तित्व समाज नेपालका अध्यक्ष कपिल लोहनीले स्वागत तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण अरूण सुवेदीले गरेका थिए ।
०००
