जीवा लामिछानेलाई उत्तम शान्ति पुरस्कार प्रदान

मुख्य समाचार

१२ जेठ २०८२, काठमाडौं

प्रत्येक वर्ष नेपाली साहित्यका बरिष्ठ साहित्यिक पत्रकार तथा अन्तर्वार्ता विधामा मदन पुरस्कार पाउने साहित्यकार उत्तम कुँवरको जन्म दिनमा प्रदान गर्दै आइरहेको उत्तम शान्ति पुरस्कार जीवा लामिछानेलाई एक समारोहका वीच कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले समर्पण गरे ।
जीवा लामिछानेलाई उनको नियात्रा कृति “अक्षत अन्टार्कटिका” का लागि सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण समारोहमा डा. ज्ञानु पाण्डेले पुरस्कृत कृति वारे बिस्तृत ब्याख्या गरिन् ।
कथाकार पद्मावती सिंहले उत्तम कुँवर र शान्ति कुँवरवारे आफ्नो बाल्य संस्मरण प्रस्तुत गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठी, उत्तम कुँवर स्मारक गुठीका अध्यक्ष डा. पार्थिवेश्वर तिमिल्सिना तथा पुरस्कृत नियात्राकार जीवा लामिछानेले सम्बोधन गरेका थिए भने साहित्यकार नयनराज पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

 

Leave a Reply