स्रष्टा-सङ्गम सम्पन्न

समाचार

२८ जनवरी २०२६

विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा आयोजित मासिक सृजना वाचन “स्रष्टा-सङ्गम” कार्यक्रम शाखाका अध्यक्ष राहुल राई बोगीकोको अध्यक्षतामा सम्पन्न भयो ।
शाखाका प्रचार सचिव नील कमल छेत्रीले प्रमुख अतिथिको परिचय राखे पश्चात् क्रमैसँग दसजना स्रष्टाहरूविनोद छेत्री कुँवर, सरस्वती छेत्री, मुक्तिनाथ घिमिरे, बी के मुखिया, सरोजिनी ‘सागर’, नील कमल छेत्री, मीना लामा राई, दीपक चाम्लिङ राई, गोपाल के छेत्री तथा गिरिधारी उपाध्यायले कविता, कथा, गजल, मुक्तक लगायतका रचनाहरू वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार अर्जुन पीयूषले प्रस्तुत दसैजना स्रष्टाहरूले वाचन गरेका रचनामाथी सारगर्भित समिक्षात्कम टीका टिप्पणी राख्दै, हाम्रो लेखाइले उचाइ पाउन हामी प्रसंसादेखि बाँचेर कसकालागि र केकालागि कलम चलाईरहेका छौँ भन्ने बारेमा सचेत रहनु पर्ने कुरा बताउँदै , यसरी विनेसाम भारत शाखाले आफूलाई प्रमुख अतिथिको निमन्त्रणा गरेकोमा खुसी व्यक्त गर्दै, सबै रचना वाचक स्रष्टाहरूलाई उत्तरोत्तर प्रगतिको कामना गरे ।
विशिष्ट अतिथि, शाखाका प्रमुख सल्लाहकार प्राध्यापक नवीन पौड्यालले आफ्ना कुरामा, आजभोलि समय सपेक्ष अनलाइनद्वारा धेरै साहित्यिक गतिविधि हुनु पनि समयकै माग रहेको बताउँदै, कार्यक्रम रोचक रहेकोमा प्रसन्नता जाहेर गर्दै शाखाद्वारा मासिक रचना वाचन कार्यक्रम “स्रष्टा-सङ्गम”मा गजल,गद्यकविता लघुकथा, मुक्तक, छन्दोवद्ध कविता, रम्बास, तथा गीतहरू लगायत विधाका रचनाहरू वाचन गरिसकिएकोमा प्रसन्नता व्यक्त गर्दै आगामि कार्यक्रमहरूमा निबन्ध वाचन कार्यक्रम पनि गर्ने कुरामाथि जोड दिए ।
विशिष्ट अतिथिको रूपमा उपस्थित शाखाका सल्लाहकार ग्याल्पो लामाले, आफ्नो वक्तव्यमा विनेसाम भारत शाखाले विभिन्न विधामा रचना वाचनका दर्जनौँ मासिक कार्यक्रम गर्दै आइरहेकोमा सन्तुष्टि जाहेर गर्दै, यसरी निरन्तरता दिइरहन सके हाम्रो भाषा साहित्यको उत्तरोत्तर प्रगति भएर जाने कुरा उजागर गर्दै, रचना वाचन गरेर कार्यक्रमलाई रोचक बनाउनु हुने सबै स्रष्टाहरू धन्यवादका पात्र रहेको कुरा प्रकाश पारे ।
यस कार्यक्रमलाई शाखाका महासचिव मोहन गौतमले सञ्चालन गरेका थिए भने ,स्वागत सम्बोधन शाखाका सहसचिव प्रेम विश्वकर्माले गरेका थिए ।
सभाध्यक्ष श्री राहुल राई “बोगिको”को सम्बोधनमा देश, काल र परिस्थितिलाई मध्य नजर राखी यो कृत्रिम बुद्धिमताको युगमा कलमकार हरूले वेदनाका कुरा मात्र होइन समय सापेक्ष सान्दर्भिक नयाँ नौला कुराहरू लेख्न जरुरी छ भन्दै उपस्थित रहनु हुने सबैको साथ सहयोगले कार्यक्रम सफलिभूत रहेकोमा खुसी व्यक्त गर्दै सुन्दर सरस रचना वाचन गर्ने सबै स्रष्टाहरूलाई हार्दिक बधाई अर्पण गरे ।
अन्तमा शाखाका सङ्गठन सचिव विजय मुखिया “बिम्ब”को मीठो धन्यवाद ज्ञापन पछि कार्यक्रमका सभाध्यक्षद्वारा कार्यक्रम समाप्तिको घोषणा गरेका थिए ।

०००