३ माघ २०८२, काठमाडौं
ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका ११ स्रष्टालाई सम्मान अर्पण गर्ने घोषणा गरिएको छ।
सम्मानहरू तीन प्रकारका रहेका छन् । ती सम्मानहरूमा ज्योति साहित्य सम्मान, ज्योति प्रतिभा सम्मान तथा ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले जनाए अनुसार ज्ञान उदास, उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे, नीलम कार्की निहारीका र इल्या भट्टराईलाई ज्योति साहित्य सम्मानले सम्मानित गरिनेछ । महेशराज खरेल, श्याम श्रेष्ठ र राकेश कुमार झालाई ज्योति प्रतिभा सम्मान तथा कल्पना मरासिनी र राजेश मान के सीलाई ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान प्रदान गरिनेछ ।
यी सम्मानहरु साहित्यमा योगदान पु-याएबापत प्रदान गर्न लागिएको हो ।
