लता केसीलाई लघुकथा पुरस्कार समर्पण

समाचार

२७ मंसिर २०८२, बनेपा

शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ ।
कार्यक्रमका सभाध्यक्ष कृष्णमणि कुइकेलले माला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गरेका थिए ।
सो पुरस्कारको राशी ५ हजार ५ रुपियाँ रहेको छ ।
शब्दयात्रा प्रकाशनमार्फत् प्रदान गरिने सो पुरस्कार साहित्यकार अम्बिका धितालद्वारा पितामाताको स्मृति र सम्मानमा स्थापना गरिएको हो ।

०००