काठमाडौंमा साहित्यिक जमघट

समाचार

४ साउन २०८२, काठमाडौं

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा, ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वर्ष २०२५को सर्वोत्कृष्ट पुस्तक विजेता साहित्यकार रोशन थापा निरव र वर्ष २०२३को सर्वोत्कृष्ट पुस्तक विजेता साहित्यकार रण काफ्ले ( आसम, भारत) लाई बधाई ज्ञापन तथा सम्मान प्रदान ग-यो ।

प्रमुख अतिथि प्रा.डा विष्णुहरि नेपाल, विशिष्ट अतिथिहरू प्रा.डा भरत भट्टराई , प्रा.डा. गोविन्द मान सिंह कार्की रहेको सो कार्यक्रममा साहित्यकारहरू राजबाबु श्रेष्ठ सागर, बिनेसाम नेपाल शाखाका उपाध्यक्ष रविन्द्र आशिष शैली, काव्याँश नेपालकी अध्यक्ष जाँयस जया, नेपाली सरोकार मासिककी प्रकाशक तथा प्रधान सम्पादक रमा कुमारी वली, गरिमा पत्रिकाका सम्पादक मनोज न्यौपाने साथै विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय उपाध्यक्ष सुनिता राई कन्दङ्वाद्वारा कविता वाचन भएको थियो।

कार्यक्रममा साहित्यकार रोशन थापाद्वारा आफ्नो छोटो मन्तव्य साथै छोटो कथा भनेका थिए । उनले कथालाई शङ्कर लामेछानेको एव्याष्ट्रयाक चिन्तन प्याजसँग तुलना गरेर रोचक पाराले सुनाएका थिए ।

असम कार्बिलाङ्ग निवासी साहित्यकार रण काफ्ले आफ्नो छोटो मन्तव्य साथै गोर्खे शीर्षकमा कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा. विष्णुहरि नेपालद्वारा हिमाली संस्कृति र हिमवत खण्डको चर्चा गर्दै कार्यक्रमलाई रोचकता थपेका थिए ।

कार्यक्रम विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा, ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाकी महासचिव अञ्चु सुवेदीले गरेकी थिइन् ।

०००