दीपक लोहनीलाई “हेमलता लघुकथा सम्मान २०७८” प्रदान गरिने

Uncategorized

विश्वपरिक्रमा डेस्क
१७ अगस्त, वाशिंटन डिसी

पछिल्लो समय लघुकथा लेखनमा सकृय ईलामकी प्रतिभा हेमलता उप्रेती विश्वव्यापी कोरोना महामारीको कारण मृत्यु भएकोले उनको नाममा उनका परिवारले स्थापना गरेको ” हेमलता लघुकथा सम्मान” लघुकथाको क्षेत्रमा सकृय हस्ताक्षर दीपक लोहनीलाई पहिलोपल्ट प्रदान गरिने भएको छ ।
सम्मानमा ११ हजार नगद तथा सम्मानपत्र रहनेछ ।
राजेन्द्र कँवर, विष्णु उप्रेती र ममता मृदुलको तीन सदस्यीय चयन समितिले दीपक लोहनीको नाम चयन गरेको हो ।
यो सम्मान २०७८ साल मंसिर १ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरी दिइने जानकारी गराइएको छ ।
स्मरणीय छ, सम्मानित प्रतिभा दीपक लोहनीको “दीपक र दीपकहरु” चर्चित लघुकथा संग्रह हो र उनी साहित्यपोस्ट साहित्यिक वेवसाइटमा “लघुकथा तीन” का स्तम्भकार पनि हुन् ।

Leave a Reply