हातहरू (कविता)

डा. गोबिन्दसिंह रावत, टोरोन्टो ती कलिला हातहरुले हातैबाट संसार नियाल्ने ज्ञान आर्जन गरी शिक्षित बन्ने सञ्जालको स्वतन्त्रता माँगेका थिए तर कलिलोपनको अनुभव नभएकाहरुले कलिला माँगलाई लत्याएर सत्ताको उन्मुक्ततामा हातहरु निमोठ्न खोजे आवाजहरु दबाउन खोजे अनि कठोर हातहरुले चलाएका गोलीहरुलाई कलिला हातहरुले रोक्न छेक्न खोज्दा शरीर ढल्दै गए आवाजहरु थपिदै गए मूर्दावादमा उठेका हातहरु थपिदै गए […]

Continue Reading

नेपाली साहित्यका दुई अप्राप्य कृतिको पुनर्प्रकाशन

२५ असोज २०८२, काठमाडौं नेपाली साहित्यका दुई अप्राप्य कृतिहरू स्व. ईन्द्रबहादुर राईको कथा सङ्ग्रह “बिपना कतिपय” तथा स्व. मोहनराज शर्माको नाटक “बैकुण्ठ एक्सप्रेस“लाई नेपाली प्रकाशन जगतमा नयाँ सम्भावना बोकेर उदाएको इम्प्रिन्ट पब्लिशर्सले पुनर्प्रकाशन गरेको छ । बिपना कतिपय ईन्द्र बहादुर राईको पहिलो कथा सङ्ग्रह हो । यसको प्रथम प्रकाशन सन् १९६० मा दार्जिलिङको श्याम ब्रदर्सले […]

Continue Reading

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार समर्पण

२६ असोज २०८२, काठमाडौं संवत् २०८१ को जगदम्बा-श्री पुरस्कार प्रेमदेव गिरी तथा मदन पुरस्कार छुदेन काविमोलाई गरिएको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितबाट यी दुबै व्यक्तित्वहरूलाई जनही रू ४०००००/-को नगद राशि तथा सम्मान अर्पण गरियो। सम्मानित व्यक्तित्वहरूलाई मञ्चसम्म यसअघि २०८० मा पुरस्कृत दुई व्यक्तित्वहरूबाट ओल्क्याउँदै लगिएको थियो। पुरस्कृत व्यक्तित्वहरूको सम्मानमा आरती उतार्दै दुबो र […]

Continue Reading

लीलबहादुर क्षेत्रीको ‘नेपाली संस्कृतिमा मादलको महत्त्व’

लीलबहादुर क्षेत्रीको ‘नेपाली संस्कृतिमा मादलको महत्त्व’ नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्त्वपूर्ण रहेको छ। उनको जन्म १ मार्च, १९३३ मा गौहाटीमा भएको हो। उनका मातापिताको नाम स्व. पवित्र छेत्री र प्रेमबादुर छेत्री हो। उनले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट ग्रहण गरेका थए।उनले स्नातक भने हाटीको प्रसिद्ध कटन कलेजबाट सअर्थशास्त्र अनर्स विषय लिएर सन् […]

Continue Reading

जेन्जी अवतार

भगवती बस्नेत, काठमाडौं कहिले निर्दल,कैले बहुदल कैले लोकतन्त्र कहिले गणतन्त्र अनेक विद्रोह झेल्नुपर्ने भाग्य दुर्भाग्यको साक्षी सिंहदरवार । देशको राजधानीमा उभिएर अनेक व्यवस्थाको साक्षी बनेर हेरिरह्यो व्यवस्था बदलिए पनि अवस्था कहिल्यै बदलिएन चरित्र वदलिएन निमुखाको जीवन बदलिएन जनजनका लागि दुर्गम भयो सिंह दरवार! विगत र वर्तमानको साक्षी ईतिहासको साक्षी दम्भ र अहङ्कारको साक्षी सिंहदरवारमा विस्फोट […]

Continue Reading

विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

२२ असोज २०८२, स्याङ्जा विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरेको हो । कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको […]

Continue Reading

पार्वती देवान कृत “मेरो आकाश मेरो धरती” एक समीक्षा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ पार्वती देवानको कवितासंग्रह “मेरो आकाश मेरो धरती” आधुनिक नेपाली कविताको क्षेत्रमा एक महत्वपूर्ण योगदानको रूपमा देखिन्छ। यस संग्रहको पहिलो प्रकाशन सन् २०२५ को अगस्तमा भएको हो। यस संग्रहमा जम्मा १२० पृष्ठहरूमा ४१ वटा कविता समावेश गरिएको छ, जसले जीवनका विविध पक्षहरू – प्रेम, संघर्ष, आत्म–खोज, नारीवाद, पारिवारिक सम्बन्ध, सामाजिक चेतना र […]

Continue Reading

सरस्वती शेर्पाको “मातृत्व” नाटक संग्रह पढेपछि

भाष्कर मैनाली शर्मा, दार्जिलिङ सरस्वती शेर्पा द्वारा लिखित एकाङ्की नाटक संग्रह मातृत्व सन् २०२५ को जुन २५ मा प्रकाशित भएको हो। १६९ पृष्ठमा फैलिएको यस कृतिमा २० वटा एकाङ्की नाटकहरू समेटिएका छन्। आकारमा मझौला देखिने यो पुस्तकले विषयवस्तुमा भने जीवनका विविध पक्षहरू समेटेको छ। यस संग्रहका नाटकहरू विशेषतः घरेलु समस्याहरूमा आधारित छन्। कुनै न कुनै […]

Continue Reading

“मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा” लोकार्पण सम्पन्न

१३ असोज २०८२, काठमाडौं डा.सन्ध्या खनाल पराजुलीद्वारा लिखित’मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा(मूर्त-अमूर्त)ग्रन्थको एक समारोहका बीच कार्यक्रमका मञ्चासिन अतिथिहरूबाट व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा लोकार्पण सम्पन्न भयो । प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.वीणा पौड्यालले लेखिका डा.सन्ध्या आफ्नो शिष्या भएको र उनको विद्यावारिधिमा आफू जोडिन पाएकोमा गर्व लागेको बताउँदै ज्ञान भन्ने कुरा शिष्य शिष्याबाट पनि सिक्न सकिन्छ भनेर बताइन्। लोकार्पित […]

Continue Reading