पुरस्कारसँग प्रलोभित भएर जाने लेखक लेखक नै होइन

अन्तरवार्ता

जनप्रिय कवि दुर्गालाल श्रेष्ठ

नेवारी भाषा एवं नेपाली भाषामा गीत एवं कविताको क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका जनप्रिय कवि दुर्गालाल श्रेष्ठ अहिलेअमेरिकामा पारिवारि क कार्यक्रमका लागि आउनु भएको थियो । मूलत टेक्सास आउनु भएका कवि श्रेष्ठ नेवा अर्गनाइजेसन अफअमेरिकाको नेपाल सम्बत ११२९ को बार्षिक कार्यक्रममा मुखय अतिथिका रुपमा भाग लिन भर्जिनिया आउनु भएको अवसरमा गत १९नोभेम्बर २००८ को साँफ उडब्रिज स्थित संस्थाका अध्यक्ष राजेश श्रेष्ठको निवासमा विश्व परिक्रमाका लागि उहाँले दिनुभएको अन्तवार्ताप्रस्तुत छ ।

तपाईले साहित्यीक यात्राको शुरु वात कसरी गर्नुभयो

साहित्यीक यात्रा भन्नाले मैले साहित्यीक क्षेत्रमा प्रवेश गर्दा देखिको कुरा गर्ने पर्नुभयो । यल्लाई संक्षेपमा भन्नु उपयुक्त होना काठमाडौमापरम्परा अनुसार गाइजात्रे डबली नाच हुन्थ्यो । अहिलेको भाषामा सडक नाटक भन्नु उपयुक्त हा २००४ साल भन्नाले म त्यतिखेर १९वर्षको थिए होला त्यो डवली नाटकको पात्र भएर मैले साहित्यिक क्षेत्रमा शुरुवात गरेको हूँ। त्यसपछि अनवरल रूपमै भनेपनि हुन्छ धेरैवर्ष नाटक खेलियो जसलाई ज्यापू नाच पनि भनिन्छ मलाई गाइजात्रे कलाकार भन्दा खेरि बडो गर्वको अनुभव हुन्छ । किनभने त्यो क्षेत्रलेमलाई यहाँ पुर्याएको हो। हुन त अहिले गरिदैन कलाकारि ता तर धेरै वर्ष गरियो र त्यही क्रममा अब गीत कविताहरु कनि कधी गर्ने आदतबस्यो र त्यसले पनि तपाईले मलाई कवि भनेर कवि भनेर चिन्तु भो, हो होइन मलाई थाहा छैन तर कुनि कुथी चाही अहिले पनि गर्छ

कविता गीत क्षेत्रमै किन बस्नु भो ? नाटकमा खेल्नु , नाटक लेन मन लागेन ?

हुन त गीत भन्ने कुराको मर्म संग म नजिक पुग्न सक्छ कि भन्ने मलाई लाग्छ मलाई कवि भन्नेहरुले मलाई डर यौटा के छ म कवि हैन किजस्तो पनि लाग्छ कहिले काहीं । तर गीतकार चाही हूँ, गीत भन्ने तत्वसंग नजिक बस्ने अलिर ति जुन दुर्गालालसँग छ, तर कवि त्योकविता भन्दा फरक विषय हो जस्तो मलाई लागि राख्या छ। त्यसैले म भन्छ यहाँले पनि मलाई गीतकार भनेर चिनिदिनु भए म सन्तुष्टहुन्थे गीतको कुरा जहाँसम्म नाटकसँग सम्बन्धित भएकोले मैले गीत लेख्न बाध्यता त्यही साल देखि परेको थियो ।

तपाईंले आफुलाई गीतको नजिक छु भन्नु भयो, गीत र कविता चाहीं कति नजिक र कति टाढा छन ?

गीत भन्नाले मलाई लागेको त्यो व्यक्त हुनासाथ श्रोतालाई असर पर्ने गर्छ तर कविता भन्ने कुरा कलिकति त्यसमा गाम्भिर्य छ । जसलाई२३ पल्ट पढिसकेपछि मात्र बुझिने पनि हुन सक्छ । त्यसले कविता र गीतामा तत्काल असर गर्ने चाही गीत हो त्यसलाई अलिकतिहृदयाडम गरेर चिन्तन मनन गरिकन भात्र बुझिने, त्यस्तो खालको भयो भने हार्दिकता त दुवैमा चाहिन्छ तर तत्काल हुने हार्दिकता जुनमा छत्यसलाई गीत भनौ कि जस्तो लाग्छ ।

तपाईंले लेखनमा सय थुप्रै लगायनु भएको छ, तपाईंको पेशा के हो ?

गोविन्द गिरी प्रेरणा ज्यू, हुन त अमेरिका जस्तो ठाँउ, अनेक किसिमले सम्पन्न ठाँउ तपाईं पत्रकार भएर लाग्नु भएको छ तर यो ठांउमा पनितपाईंको पत्रकारिता पेशागत रुपमा होइन होला जस्तो मलाई लाग्छ यस्तो सम्पन्न ठाँउमा त आफ्नो यौटा कामलाई पेशागत रुपमा लिनसक्नु हुन्न भने नेपालजस्तो ठाँउमा रहने यो दुर्गालालले त्यो कुरालाई कसरी लियो होला ? हामी कलम जिवीभएर कलम चलाउनसक्दैनौ। अर्थात लेखने पेशा हुन सकेको छैन नेपालमा थोरैको होना त्यो अर्कै कुरा हो त्यस्तै आफ्नो रुचि अनुसार आफ्नो अभिरुचि नैत्यतातिर ढल्किसकेपछि पेशै नभएपनि त्यो सँग लहसिदाको आनन्द तपाई जसरी अनुभव गर्नु हुन्छ म पनि त्यसी नै शायद गर्छु होला ।

मैने तपाईंको पेशा सोधेको ?

लेखन पेशा त हुँदै होइन। लेखन बाहेक पेशाको रुपमा मैले लिएको यौटै कुरो छ, अध्यापन म विद्यालयमा पढाउँथे त्यो बेला यौटैविद्यालयमा कन्या मन्दिर माध्यामिक विद्यालयमा झण्डै २४ वर्ष अनवरत पढाए। त्यहाँ बच्चाहरुसँग पनि म घुलमिल भएर विशेष गरीनेपाली र नेपाल भाषा भनेर पढाउथे त्यो पढाउदा मेरो कक्षामा आउने कुनैपनि विद्यार्थीहरु कसैले हामी अब पढन गइरहेका छौं भन्नेमहशुश भएन होला . खेल्न गएको भन्ने अनुभव भएको हुदो हो । किन भनेदेखि पढाउने क्रममा उनीहरुलाई अब कहिले गाइजात्रा आउला, कहिले इन्द्रजात्रा कहिले घोडा जात्रा, कहिले दशै यसो उसो आउँदा त्यही समसामयिक कुरोलाई गीत बनाएर त्यही तत्काल बोर्डमालेखिन्थ्यो, बच्चाहरुले पनि त्यही गुनगुन गर्थे, हामी गाउंथ्यौ सँगसँगै यस्तो मनोरम वातावरणमा मैले त्यो अध्यापन कार्य सम्पन्न गर्न पाएरस्कूल लाग्दा खेरि पनि मैले भनेको कुर । अहिलेसम्म सम्झना छ म सिकाउनलाई यो स्कूलमा आएको थिए तर म सिकेर जाँदैछु। मकृतज्ञ छु भनेर बिदा भएको थिए

किताब प्रकाशनको कथा पनि केही छ कि ?

किताब निकाल्छु भन्ने त मेरो सपना नै थिएन, मलाई कन्या मन्दिरका प्रधानाध्यापक केदार नाथ न्यौपानेले पार्नु भयो। किताब तयारगर्नुहोस म भूमिका लेखिदिनु भन्नु भएर त्यो किताब तयार भयो। त्यसको नाम थियो चिनम महिना दिन नाघया छैन एक हजार प्रति गर्यो।त्यो भन्दा अधि असुका भन्ने निस्केको थियो। तर यो चाहि धेरै गयो ।

साहित्यिक यात्राको क्रममा एक रुपैयाको पुरस्कार पाउंदा कस्तो लाग्यो ?

एक रुपैयाको हिसाबले पैसे होइन तर एक रुपैया पुरस्कार दिदाको निष्ठाको सम्मान भन्ने थियो। निष्ठा के को निष्ठा त इमान्दारी पूर्वकसाहित्यमा लागेको प्रलोभनमा कहिल्यै कतैपनि नलत्रेको यस्तो खाले साहित्यकारले पाउने त्यो पुरस्कार मैले पाए। त्यो पनि सबभन्दापहिलोपल्ट मैले पाएको । म पाठक माफ नोपली साहित्य समाजमा यौटा इमान्दार साहित्यकारको रुपमा मैले परिचित हुन पाएँ योजस्तो ठुलो पुरस्कार अरु मैले के पाउला ? त्यो एक रुपैया यस्तो पुर स्कार कुनै करोडले दजिपनि सकिन्न होला, मलाई त्यस्तोअहिलेपनि लाग्छ।

त्यो एक रुपैयाको पुरस्कार एकातिर बर्कोतिर र राजामहाराजाहरुको राज्याभिषेक गर्ने ठाँउ हनुमान

ढोका नासल चोकमा भएको सम्मान यी दुईलाई कसरी लिनुहुन्छ ?

परिवर्तनको सिलसिलामा जहाँ पहिले राजा र जौटाहरुकै मात्र कृयाकलाप हुन्थ्यो। त्यहाँ एउटा जनताको छेर लेपनि गर्न पायो।परिवर्तको संकेत त त्यहाँ मिल्छ हो, तर तै पनि मैले ठूलै उपलब्धि हासिल गरेको छु, विजय प्राप्त छ. संसारमा नेपालको परिवर्तन आएकोछ, साहित्यमा त्यो भन्दा पनि मेरो भाषामा क्रान्ति भएको छ भन्ने पक्षमा म अहिलेसम्म पनि छैन। यो माओवादी शासन जसले जालीयस्वायत्तताको कुरा पनि गरेको थियो, जातीय स्वासन हुन्छ, उत्पीडितहरु सबैले अब अधिकार पाउने अवस्था छ भनेको थियो तर त्योअहिलेसम्म भएको छैन र निकट भविष्यमा पनि होला जस्तो मलाई छैन तर उनीहरु प्रति म शडका चाही गर्दिन भएको पनि छैनअहिलेसम्म केही ।

एउटा लेखकलाई पुरस्कारले के गर्छ ?

लेखक भनेको, पुरस्कारसँग प्रलोभित भएर जाने लेखक यसले जति लेखेको होस लेखक ने होइन । यौटा साधना जसले आफूभित्रको त्योपरमेश्वरलाई प्रकट गर्न खोजेको हुन्छ, त्यो कुनै पुरस्कारबाट बहकिने, त्यसको निमित्त आफुलाई सिमित राख्न खोज्ने भयो भने त्यसकोकलमबाट निस्कने कुरा लेखकको कुरै हुँदैन । लेखक जो लेख्छ पवित्र भएर लेखेको हुन्छ अफ म त भन्छु, राजनीति भन्ने कुरापनिसाहित्यको स्पर्श बिना त्यो सडलिदैन, त्यस्तो साधक साहित्यकार हो उसले छुने प्रत्येक कुरा पवित्र हुन्छ, साधक चाहि पवित्र हुनै पर्छ, त्यो सँग त्यस्तो पुरस्कार वा सम्झना वा दर्जाप्रति कत्ति पनि प्रलोभन हुनु हुँदैन। भन्ने पक्षमा म छु त्यस्तो कुनै प्रलोभन म मा देख्नु भएकोछ भने म क्षमा माग्छु ।

मेरो अर्थ पुरस्कारले लेखकलाई कस्तो प्रभाव पार्छ भन्ने हो !

ए बाबा म मान्छे, संसारमा बसेको छ, त्यस्तो कुर बाट धेरैथोरै त्यस्तो कुराबाट बहकिन्छु होला निश्चय पनि म त्यस्तो योगी, वैराग्य नैभएको त म छैन। म यही संसारमै छु • त्यस्तै प्रलोभनले अलिकति ममा उत्तेजना भएको होला। तर म भन्छु ए दुर्गालाल तिमी साहित्यकारहो भनेदेखी त्यो अलिकित प्रलोभनबाट पनि तिमी पन्छिनु पर्छ भनेर भेरो विवेकले मलाई भनि राखेको हुन्छ। त्यस्तो होस मलाई सधैं भरिकहिल्यै पनि प्रलोभनमा मैले फस्न नपरोस ।

फूलको आँखामा फूलै संसार काँढाको आँखामा का संसार सबैले सबभन्दा लोकप्रिय मानेका छन तपाईंलाई कस्तो लाग्छ ?

यो गीत नेपालमा मात्र हैन, अमेरिकामा पनि २। ४ ठाँउमा म संलग्न भइसकेको छु मेरो परिचय यही गीतले गलौ रहेछ यही गीतले मेरोपरिचय दिएको यहाँपनि पाएं। अब तपाईंले पनि यही गीत उच्चारण गर्नुभयो, सांच्चै यो गीतमा दुर्गालाल कसरी व्यक्तियो यती राम्रोगितको निमिति तपाईंले सोच्नु होला यो दुर्गालालले कति तपश्या गरेर यो गीतको सृजना गर्यो होला पत्याउनु होस यसको संगीतकार म्हबजाचार्य गायीका आनी छिरिङ डोल्मा एक विहान मेरो घरमा आइपुगे सधै हले गीतार बजाएर उनी जनयुदको बेलाको हत्या हिंसाकोतस्वीर सामुन्ने थियो त्यस्तोमा एउटा साहित्यकारले कसैको मन र खिदिन सके केही उपलब्धि होला भन्ने त थियो। यसरी त्यो गीतलेखियो। सात भन्दा बढी आठ मिनेट पनि लागेको होइन ।

यो गीत बाट कति पैसा कमाउनु भयो ?

आनीले गीत लेखाउदाखेरी मलाई केही केही परि श्रम भयो भनेर त दिने गर्थ्यो मैले हद पाएको एउटा गितको पाँच हजार सम्म पाएकोहुँला। फेरी यसको कपि राइट भने मैले लिएको छैन । अहिले त्यसरी लिन मिल्छ कि मिल्दैन त्यो पनि थाहा छैन

Leave a Reply