अनेसासको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

मुख्य समाचार

१ नोभेम्वर २०८२, वाशीङ्टन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कारहरूको वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

दुई चरणमा सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा महाकवि देवकोटा जयन्ती कार्यक्रम तथा पुरस्कार वितरण रहेको थियो ।महाकविको देवकोटाको तस्विरमा पुष्पार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रम शुरू गरिएको सथियो ।

अमेसास बोर्ड अफ ट्रष्टि अन्तर्गतको पुरस्कार समितिले प्रदान गर्ने सो पुरस्कार वितरण समारोह अनेसास डिसी मेट्रो च्याप्टर तथा अनेसास बोर्ड अफ ट्रष्टीको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा अनेसास केन्द्रिय कार्य समितिका अध्यक्ष सर्वग्य वाग्लेको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा महाकवि देवकोटाको विषयमा अङ्ग्रेजीमा अनुदित तथा सम्पादित कृतिको विमोचन हरिएको थियो । साथै प्रा.डा. गोपी उप्रेती, गीता खत्रीका पुस्तकहरू समेत विमोचन गरिएको थियो ।

यस वर्ष दुईहजार एकसय डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार “सन्त्रासका साठी दिन” उपन्या का लागि रोशन थापा निरव(नेपाल)लाई, एक हजार डलरको अनेसास होमनाथ सुवेदी डायस्पोरा पुरस्कार “स्वप्नभूमि” उपन्यासका लागि डा. तुलसी आचार्य(अमेरिका)लाई, एक हजार डलरको अनेसास तीर्थ पाण्डे सर्वोत्कृष्ट निबन्ध, नियात्रा, संस्मरण पुरस्कार “प्रश्नहरू त बाँकी नै रहन्छन् निबन्ध सङ्ग्रहकका लागि मोमिला जोशी(नेपाल)लाई, एक हजार डलरको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार “साँस्कृतिक अध्ययन” संस्कृति विधाका लागि डा. दुर्गाबहादुर घर्ती (नेपाल) लाई, एक हजार डलरको अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार “बग्दैबग्दै” कविता सङ्ग्रहका लागि जगन्नाथ पौडेल (अमेरिका) लाई, एक हजार डलरको अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार “पसीनाको क्यानभास” कविता सङ्ग्रहका लागि कृसु क्षेत्री(नेपाल)लाई, एक हजार डलरको अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार “पार्श्वधून” कथा सङ्ग्रहका लागि कृष्ण कुसुम (अमेरिका)लाई, एक हजार डलरको अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार “बोरा” उपन्यासका लागि अखण्ड भण्डार

उपस्थित पुरस्कृत स्रष्टाहरूलाई खादा, फूलको माला पहि-याएर प्रमाणपत्र सहित नगद पुरस्कार प्रमुख अतिथि विओटीका पूर्व अध्यक्ष डा. श्याम कार्कीले प्रदान गरे ।

सो अवसरमा पुरस्कारदाताहरूलाई समेत सम्मान गरिएको थियो ।

पुरस्कार ग्रहण पश्चात पुरस्कार ग्रहण गर्ने चारै स्रष्टाले मन्तब्य समेत प्रकट गरेका थिए ।

कार्यक्रमलाई अमेरिका राज्यसभामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, विओटीका पूर्व अध्यक्ष डा. श्याम कार्की, अनेसास विओटीका उपाध्यक्ष तथा पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेय, विओटीका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसासका पूर्व अध्यक्ष गोवर्द्धन पूजा, गीता खत्री, प्रकाश नेपाल, नारायण अधिकारी,राजु सिटौंला, विमला निरौला, सुदीपभद्र खनाल, नेत्रवन्धु पोख्रेललगायतले सम्वोधन गरेका थिए ।

सोही अवसरमा विभिन्न साहित्यकार तथा पत्रकार, लेखकहरुलाई अमेरिकाका राज्य संसदले प्रदान गरेको प्रशंसापत्र डा विजयराज शर्मा, वासु सत्याल, प्रकाश नेपाल ,गोविन्द गिरी प्रेरणा,भीम रेग्मी, विकास राज न्यौपाने, खेम भट्टचन,दिपा पुन राईलाई डा. भण्डारीले प्रदान गर। नेपाली भाषा र साहित्यको उत्थानको लागि गरेको प्रयास र योगदानलाई मूल्यांकन गर्दे प्रशंसा पत्र (साईटेशन) प्रदान गरिएको हो ।

दोश्रो चरणमा कवि गोष्ठीको आयोजना गरिएको थियो जसमा चार दर्जन बढी वाल रचनाकार, कवि कवयित्रीले कविता वाचन गरेका थिए ।कविता वाचन गर्ने कविहरूमा जे एन दाहाल, गण्डकीपुत्र, होमनाथ सुवेदी, पुरू सुवेदी, ह्यारी भण्डारी, पशुपति घिमिरे, नारायण अधिकारी, पुष्पा खनाल, सर्वज्ञ वाग्ले, प्रा.डा. गोपि उप्रेती, पदम विश्वकर्मा, गीता खत्री,शिव लामिछाने, प्नेमिला गौचन, नीलकण्ठ सुवेदी, राजु सिटौला, सुदीपभद्र खनाल, डा. प्रेमप्रसाद शर्मा पौडेल, राजु सिटौला, तीर्थराज अधिकारी, गोविन्द गिरी प्रेरणा, जगन्नाथ पौडेल लगायत रहेका थिए । सो अवसरमा बाल रचनाकारहरू आश्मी श्रेष्ठ, दिविता श्रेष्ठ, तुलसी आचार्य,  प्रशुन पौडेल, दिवाकर पुडासैनी तथा सचिन चापागाईंले कविता वाचन गरेका थिए ।

कवि गोष्ठीको अध्यक्षता अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजाले गरेका थिए भने कवि गोष्ठीलाई नारायण अधिकारी तथा रश्मी भट्टले सञ्चालन गरेका थिए ।