१७ कार्तिक २०८२, पोखरा ।
दार्जीलिङ, भारतबाट पोखरा भ्रमणमा आउनु भएकी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गर्यो ।
सो अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको विभागीय पुस्तकालयमा सुब्बाले बिभिन्न पुस्तकहरू हस्तान्तरण गरिन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुब्बाले भनिन्- “जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुसिसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त हुन्छ।”
वरिष्ठ कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथाकृतिहरुलगायत दर्जनौं कृतिहरु प्रकाशित रहेका छन् । सुब्बाले मैनाली कथा पुरस्कार, दियालो, अगमसिह गिरी, साहित्य अकादमी, अनेसास विशिस्ट सम्मानलगायत अनेकौं पुरस्कार र सम्मानहरु पाएकी छिन् ।
कार्यक्रम नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा शब्द तथा खादाका माध्यमबाट डा. तिमिल्सिनाले स्वागत गरेका थिए ।
वरिष्ठ आख्यानकार विन्द्या सुब्बाको साहित्यक योगदानका बारेमा वरिष्ठ संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले प्रकाश पारेका थिए ।
०००
