१५ कात्तिक २०८२, काठमाडौं
साहित्यकार चन्द्रलाल तामाङद्वारा लिखित’औँसीको जून’उपन्यासको लोकार्पण गरिएको छ।
पुस्तकला सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रामराजा केसी, प्रमुख आमन्त्रित व्यक्तित्व दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, आमन्त्रित व्यक्तित्वहरू तथा साहित्यकारहरू नगरपालिका उप-प्रमुख वशन्ति,तामाङ, किशोर पहाडी, श्यामल,मुकुन्द पौडेल,लता केसी,डा.शेखरकुमार श्रेष्ठ,डा. छायादत्त न्यौपाने,उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,डा.सविना श्रेष्ठ,नारी चिन्तक तथा अभियन्ता लक्ष्मी गुरुङ,मुरारि सिग्देल,शेखर अर्याल तथा भरतबहादुर चन्द लगायतले सामूहिक रूपमा लोकार्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले उपन्यास लेखक चन्द्रलाल तामाङ र प्रकाशक सुसेली साहित्यिक प्रतिष्ठानलाई बधाई दिंदै दक्षिणकाली नगरपालिका साहित्यमा अगाडि रहेको बताए।ठूलो एकादशी जस्तो पावन दिनमा लोकार्पण भएको उपन्यास औँसीको जून जस्तै रहेको बताए।
कार्यक्रममा लघुकथा केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठले लोकार्पित कृतिका बारेमा समालोचकीय मन्तव्य राखेका थिए।
उपन्यासका लेखक चन्द्रलाल तामाङले आफ्नो लेखकीय मन्तव्यमा गीतकार बि.बि.थापाले आफूलाई उपन्यास लेख्न प्रेरित गरेको र त्यसलाई मूर्त रूप दिने कार्यमा श्यामल,डा. शेखरकुमार श्रेष्ठ,नरेन्द्रजङ्ग पिटर,ईश्वरचन्द्र ज्ञवाली तथा रामकुमार केसी र सुसेली साहित्यिक प्रतिष्ठानको ठूलो योगदान रहेको बताए।
नगरपालिका उपप्रमुख वशन्ति तामाङ,किशोर पहाडी,श्यामल,लता केसी,डा.सविना श्रेष्ठ,मनीषकुमार शर्मा,रामकुमार बस्नेत,डा.छायादत्त न्यौपाने तथा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले शुभकामना मन्तव्य राखेका थिए।
सभापति तथा प्रतिष्ठानका अध्यक्ष रामराजा केसीले उपन्यास लेखक चन्द्रलाल तामाङ प्रतिष्ठानका मात्र कोषाध्यक्ष नभई उनी साहित्यका पनि कोषाध्यक्ष रहेको बताए।
प्रतिष्ठानकी सदस्य सविता केसीले स्वागत मन्तव्य सहितको कविता वाचन गरेकी थिइन्।
सो कार्यक्रम दीपक लामिछानेले सञ्चालन गरेका थिए ।।उपन्यासकार चन्द्रलाल तामाङको यो दोस्रो कृति हो। ।उनको यसअघि’मनका तरङ्गहरू’कवितासङ्ग्रह प्रकाशित भइसके छ ।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
