७ भदौ २०८२, लालवन्दी
लालबन्दी नगर वाङमय परिषद्ले प्रदान गर्ने “लालबन्दी नगर वाङमय परिषद् भाषा तथा साहित्य पुरस्कार” का लागि १० कृतिको छनौट गरी सो को सूचि एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।
५० हजार राशीको सो पुरस्कारका लागि प्राप्त १२२ कृतिमध्ये “स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस गरेबमोजिम ” उक्त १० कृतिको छनौट गरिएको परिषदका अध्यक्ष अच्युत अधिकारी हस्ताक्षरित विज्यप्तिमा जनाइएको छ ।
छनौट भएका कृतिहरूमा रमेश क्षितिजको “एउटा माथी नगरमा” (कथा सङ्ग्रह), माधव वियोगीको “कर्मयोगी षडानन्द” (महाकाव्य), राजकुमार राईको “किवाहाङ” (उपन्यास), ठाकुर बेलवासेको चोटहरूको उत्सव (कविता), डा. रेणुका सोलुको “तुइन जिन्दगी” (निबन्ध), जुनू रानाको “रातो नदी” (कविता), बाबु त्रिपाठीको “सालिक हराएको देश” (कविता), डा. श्रीधर खनालको “सावर्णी” (उपन्यास), शंकरप्रसाद गैरे “सूतपुत्र” (उपन्यास) तथा अर्जुनबाबु दाहाल “हिंड्न बाँकी बाटाहरू” (कविता)रहेका छन् ।
यो पुरस्कार लालबन्दी नगर वाड्मय परिषद्को स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष वितरण गरिन्छ ।
०००