२८ असार २०८२, काठमाडौं
आदि कवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले एक कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्त आचार्यका काव्य साधना सम्बन्धी चर्चा, विश्लेषण तथा कविता वाचन ग-यो ।
कार्यक्रममा प्रा.गङ्गाधर कट्टेलले भानुभक्तको काव्य साधना बारे समिक्षात्मक मन्तव्य प्रस्तुत गर्दै नेपाली भाषामा कविता रच्ने आदिकवि हुनुहुन्थ्यो भने ।
प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले आदि कवि भानुभक्त आचार्यको काव्य साधना बारे चर्चा गर्दै छहरा साहित्य समाजको उत्तरोत्तर प्रगतिको कामना गरे ।
डा. बासुदेव काफ्लेले भानुभक्तका विविध फुटकर रचनाहरुको चर्चा गर्दै कविता बाचन गरे ।
कार्यक्रमको सुरुमा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गरी भानुभक्तका रचना समेत पाठ गरेका थिए ।
सो कार्यक्रममा गरिमा पोख्रेल, रमा न्यौपाने तथा भोला प्रेमीले कविता वाचन गरेका थिए ।
साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम कार्यसमितिका सचिव तथा कवि भोला प्रेमीले सञ्चालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले आफ्नो असारे गीत शीर्षक एक कविता वाचन गरी कार्यक्रम समापनको घोषणा गरेका थिए ।