सिक्किमका अग्रणी कथाकार सानु लामाको निधन

मुख्य समाचार

१२ जुलाई २०२५, गान्तोक

सिक्किमका अग्रणी कथाकार सानु लामाको उपचारको क्रममा सिलिगढीमा दुःखद निधन भएको छ । ईसं १९३९ जुन १५ का दिन गान्तोकमा जन्मेका उनको औपचारिक नाम गडुलसिं लामा भए पनि उनी साहित्य जगतमा सानु लामाले परिचित र प्रतिष्ठित छन् ।

सन् १९५७ सालमा “चङ्गा” लघुकथा प्रकाशन गरी साहित्य जगतमा उदाएलका उनका सम्पद, मृगतृष्णा, हिमचुली मन्तिर, आँगन परतिर, जहाँ बग्छ टिस्टा रङ्गित जस्ता कथा सङ्ग्रह, नियात्रा, आत्मपरक लेखनका पुस्तकहरू प्रकाशित छन् ।

उनले भानु पुरस्कार, डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार, मदन पुरस्कार व्याख्यान पुरस्कार प्राप्त गरेका थिए । भारत सरकारको निकै सम्मान्य पदक पद्मश्री पुरस्कार समेत प्राप्त गरेका थिए ।