गोपालप्रसाद रिमाल, सत्यमोहन जोशी र सिध्दिचरणका नामका सरकारी पुरस्कारको घोषणा

मुख्य समाचार

६ असार २०८२, काठमाडौं

संस्कृति पर्टन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने विभिन्न तीन पुरस्कारहरुको घोषणा भएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार काव्यतर्फ कवि सोझो गाउँले (भरतबहादुर भण्डारी)लाई तथा नाटकतर्फ किरण चाम्लिङ राईलाई प्रदान गरिने भएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्रा.डा. विणा पौड्याललाई तथा युगकवि सिध्दिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रा.डा. देवीपरसाद नेपाललाई प्रदान गरिने भएको छ ।
यी सबै पुरस्कार जनही एक लाख राशीको रहेको छ ।
उक्त कुरा मन्त्रालयमा प्रवक्ता रामकृष्ण लामिछाने हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।

०००