“भिमफेदिया” को “जिन्दगीको के भरोसा” सार्वजनिक

समाचार

६ असार २०८२, काठमाडौं ।

स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”को शब्द तथा सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत तथा अपेक्षा खनालको स्वर रहेको “जिन्दगीको के भरोसा” गीत सार्वजनिक गरिएको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासीसहितले गीत लोकार्पण गरेका हुन् ।

कार्यक्रममा स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”लाई अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र वरिष्ठ साहित्यकार महेश प्रसाईंले टोपी, माला र पुष्पबृष्टि गरी सम्मान गरेका थिए ।

लोकार्पित एल्बमबारे श्रीरामसिहं बस्नेतले समीक्षा गरेका थिए भने लोकार्पित गीतका सङ्गीतकार नरहरी प्रेमी र गायिका अपेक्षा खनालले गीतबारे मन्तव्य राख्दै गीत गाएका थिए ।

कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र गीतकार “भीमफेदीया”ले लोकार्पित गीतबारे आआफ्नो मन्तव्य राख्दै नेपाली गीतको अवस्था, प्रतिलिपी अधिकार र रोयल्टी संकलनको अवस्थाबारे बोलेका थिए ।