‘वानीरा पुरस्कार’को घोषणा

मुख्य समाचार

१९ माघ २०८१, काठमाडौं ।

वानरा फाउण्डेसनले प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’,कलाकार शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ तथा कवि कृष्ण बाउसेलाई ‘वानीरा पुरस्कार’को घोषणा भएको छ ।

नेपाली भाषा साहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ तथा चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ जनही एकएक लाख रुपियाँको पुरस्कार समर्पण गरिने एवम् कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत कवि कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको फाउण्डेसनले जनाएको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको फाउन्डेसनको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

Leave a Reply