९ माघ २०८०, हेटौंडा
मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ७ हजार ७ सय ७७ रुपैयाँको।‘बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८०’, साहित्यकार हरिकृष्ण काफ्लेलाई ७ हजार ५ सय रुपैयाँ राशिको तारा स्मृति सम्मान २०८० तथा साहित्यकार विर्खे अञ्जानलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिको इन्दिरादेवी स्मृति सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ।
मुक्तक मञ्च मकवानपुरले संस्थाको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशनको अवसर पारेर सम्मानहरु अर्पण गरिने कुरा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिवी बर्तौलाले जानकारी दिएका छन् ।
०००
