शरद निरौलाको ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ चर्चा सम्पन्म

मुख्य समाचार

२४ जून, २०२३, वाशिंटन डिसी

वीस र तीसको दशकमा नेपालमा जासूसी उपन्यास लेखेर नाम कमाएका श्रष्टा शरद निरौलाको नयविरम कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृतिको अमेरिका विमोचन तथा समीक्षा कार्यक्रम भर्जिनियाको आर्लिङटनस्थित केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरु बसन्त श्रेष्ठ, लेखनाथ भण्डारी तथा प्रेम सङ्ग्रौलाले सो कितावमाथि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अतिथि साहित्यकार कृष्ण धरावासीले नियात्रा विधाको वारेमा चर्चा गरे ।

लेखक शरद निरौलाले पुस्तक आफ्नो अनुपस्थितिमा नेपालमा विमोचन भए पनि आफ्नो उपस्थितिमा अमेरिकामा पनि विमोचन गर्नु परेको बताए ।

कार्यक्रमको शुरुमा सभाध्यक्ष रजनी श्रेष्ठ, अतिथि कृष्ण धरावासी तथा लेखक स्वयमले सामुहिक विमोचन गरेका थिए ।

कार्यक्रममा अतिथिहरुको स्वागत जगन्नाथ पौडेलले गरेका थिए भने कार्यक्रम नीलकण्ठ सुवेदी र परशुराम तिमिल्सिनाले गरेका थिए ।

Leave a Reply