पुजारिनी

कविता बाल कलम

मूलः ताली कोहेन शाब्ताई
अनुवादः गोविन्द गिरी प्रेरणा

तिमी आउन चाहिरहेका छौ
जेरुशेलम
जहाँ म मार्दछु आफूलाई
हरेक दिन ।

तिमी त्यस्तो ठाउँमा बस्न सक्दैनौ
जहाँ स्थानान्तरण
मूलभूत रुपमा फरक हुन्छ
तिम्रा लागि –

तिमीले अमेरिकाको वारेमा
जतिसुकै सचेत गरे पनि ।

जहाँ मानिसहरु महशूस गर्दैनन्
“कविता र गीतमा पृथकता”

म फर्केर जान चाहन्छु-युरोप
जहाँ मानिसहरु बस्छन्
कार्टून झैं ।

तिमी भन्दछौ तिमी यहूदी मन पराउँछौ

तिमीले सोच्यौ म जहाँबाट आएँ
ती देशहरु – जहाँ प्रतिबन्धित छन्
जगैदेखि निर्मूल पार्न
मेरो यहूदी बस्ती

म यसकारण अस्पताल गईरहेको छु
अस्पतालले के खोज्छ
कि यौटी अन्तिम युवती
जो मुस्कुराउँछे ।

कवयित्री परिचयः जेरुशेलममा जन्मेकी कवयित्री ताली कोहेन शाब्ताई अन्तरराष्ट्रिय कवयित्री हुन् र हाल अमेरिकाको शिकागोमा बस्छिन् । अमेरिका आउनुअघि उनी लामो समय नर्वेको ओश्लोमा बसेकी थिइन् । उनका ३ खण्डमा द्विभाषिक कविता सङ्ग्रह प्रकाशित छन् । उनको चौथो कविता सङ्ग्रह पनि प्रकाशोन्मुख छ ।

1 thought on “पुजारिनी

  1. राम्रा राम्रा रचना पढ्न पाइयो । विश्वपरिक्रमा डट् कम परिवारलाई बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *