“काठमाण्डु प्याराडाइज”कृतिको काठमाडौंमा सडक विमोचन

समाचार

३ कार्तिक २०८२, काठमाडौ

साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा साहित्यप्रेमीहरूले महाकवि देवकाको स्मरण गर्दै कवि तथा नियात्राकार राजाराम बर्तौला लिखित नियात्रासङ्ग्रह “काठमाडौं प्याराडाइज” नामक कृति सडक विमोचन गरिएको छ । प्रमुखअतिथि प्रा.डा. सुरेन्द्र के.सी रहेको उक्त कार्यक्रम बागवजारस्थित प्राज्ञिक बुक्सको आँगनमा गरिएको थियो । कृति असल भए अथवा कृतिले दिने सन्देश र विचार असल भए विमोचन कुनै ठुला र महँगा होटेल रेस्टुरेन्ट चाहिन्न भन्ने नारासहित सुरु गरिएको सडक विमोचन कार्यक्रमका प्रारम्भकर्ता साहित्यकार तथा अनुसन्धानकर्ता बद्रिप्रसाद ढकालको व्यवस्थापनमा सुरु गरिएको सडक विमोचन अभियानमा यस अघि पनि तीन कृतिको विमोचन गरिएको थियो।

काठमाडौंको अलौकिक सौन्दर्यको बारेमा घुमेर लेखिएका नियात्रा समेटिएको यस कृतिले काठमाडौंको ऐेतिहासिकतालाई समेत प्रष्ट पारेको छ भन्ने विचार राख्दै प्रमुख अतिथि प्रा.डा. के .सी. पठन संस्कृतिको परम्परा हराउँदै गएको समयमा कृतिकारले भ्रमण र अध्ययनले उर्जा थप्दै साहित्यमा अर्को अब्बल कृति रचना गरेकोमा बधाई र आगामी कृतिका लागि शुभकामना दिएका थिए ।

साहित्यकार गङ्गा भेटवालले नियात्रकार बर्तौलाका कृतिले काठमाडौं र यसका वरपरका अवस्था र ऐतिहासिक बुझ्न निकै सहयोग पुर्याउने विचार राखेका थिए भने नियात्राकार बर्तौलाले यो कृतिमा समेटिएका शीर्षकले उपत्यकाको सौनदर्यको वयान गरेको बताए ।

०००