२५ असोज २०८२, काठमाडौं
नेपाली साहित्यका दुई अप्राप्य कृतिहरू स्व. ईन्द्रबहादुर राईको कथा सङ्ग्रह “बिपना कतिपय” तथा स्व. मोहनराज शर्माको नाटक “बैकुण्ठ एक्सप्रेस“लाई नेपाली प्रकाशन जगतमा नयाँ सम्भावना बोकेर उदाएको इम्प्रिन्ट पब्लिशर्सले पुनर्प्रकाशन गरेको छ ।
बिपना कतिपय ईन्द्र बहादुर राईको पहिलो कथा सङ्ग्रह हो । यसको प्रथम प्रकाशन सन् १९६० मा दार्जिलिङको श्याम ब्रदर्सले प्रकाशन गरेको थियो र सन् १९६१ मा थप कथा सहित पूर्ण सङ्ग्रह प्रकाशन गरेको थियो । यो पूर्ण कथाहरुको सङ्ग्रहको पुनर्मुद्रण हो । यस सङ्ग्रहमा “रातभरि हुरी चल्यो“, “जारः एक भएकै कथा“, जयमाया आफू मात्र लिखापानी आइपुगी“, “घोषबाबू” जस्ता विख्यात् कथाहरू सहित २३ कथाहरू छन् ।
त्यस्तै “बैकुण्ठ एक्सप्रेस” नाटक विसं को मदन पुरस्कारप्राप्त कृति हो । हालसम्म मञ्चन नभएको तर पाठ्यका लागि उपयुक्त मानिएको यो कृति पहिलो संस्करण सकिएपछि अप्राप्य रहेको थियो ।
विश्वपरिक्रमासँग कुरा गर्दै इम्प्रिन्ट पब्लिशर्सका प्रकाशनका रमेश घोरासैनीले यस्ता साहित्यिक मूल्यका अप्राप्य कृतिहरू अरू पनि प्रकाशन गर्दै जाने बताए ।
०००