३१ साउन २०८२, वालिङ, स्याङ्जा
निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आयोजना गरिएको निर्बन्ध (आख्यान र काव्य) लेखन विषयक विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा मिलन समीरद्वारा “मान्छेको मृत्यु”, संस्थापक अभियन्ता शम्भु अर्यालद्वारा “दिवस एक विद्रोह”, संस्थापक अभियन्ता वसन्त खनालद्वारा “तिमीले बिर्सियौ भने”, अभियन्ता पारिश्वर न्यौपानेद्वारा “मलाई मन पर्छ” शीर्षकका निर्बन्ध काव्य र गुरुप्रसाद ढकालद्वारा निर्बन्ध गजल रचनाहरु वाचन गरिएको थियो ।
कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको थियो ।
