आदिकवि भानुभक्त आचार्य र ईतिहास शिरोमणि बाबुराम आचार्यका नामका सरकारी पुरस्कारको घोषणा

समाचार

६ असार २०८२, काठमाडौं

संस्कृति पर्टन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने आदिकवि भानुभक्त आचार्य र ईतिहास शिरोमणि बाबुराम आचार्यका नामका दुई पुरस्कारहरुको घोषणा भएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार एक लाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्रा.डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिने भएको छ ।
त्यसै गरी २ लाख राशीको ईतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वेलायती नागरिक डा. जोन ह्वेल्पटनलाई प्रदान गरिने भएको छ ।
उक्त कुरा मन्त्रालयमा प्रवक्ता रामकृष्ण लामिछाने हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।

०००