८ चैत २०८१, काठमाडौं
सुनकोसी वाङ्मय प्रतिष्ठानले विश्व कविता दिवसका अबसरमा एक कविता वाचन कार्यक्रमको आयोजना ग-यो मनायो ।
उक्त कविता वाचन कार्यक्रममा समसामयिक विकृति र विसंगति विरुद्ध व्यँगचेत सहित प्रेम,सदभाव,भावनात्मक विषयहरु प्रति लक्षित कविताहरु कवि विमल भौकाजी,छविरमण सिलवाल,प्रदीप सापकोटा,हरिष कल्पित,सुमन सौरभ,हरिष कल्पित,तारा के.सी.,प्रेम थापा,गंगा खतिवडा,शशीश्री आचार्य लगायतले सुनाए ।
कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गरेका थिए ।
प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कविता वाचन कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
०००
(प्रदीप सापकोटा काठमाडौंको सहयोगमा)
