१२ कार्तिक २०८१, काठमाडौं
साहित्यिक पत्रकार संघ र एस एस फाउन्डेसनले आयोजना गरेको तिहार, छठ पर्व र नेपाल सम्बत् ११४५ को शुभकामना कार्यक्रममा अमेरिकाको नागरिकता तथा सुखमय जीवन परित्याग गरि हालै नेपाल फर्किनु भएका समाजसेवी हेम पाठकलाई विशेष सम्मान गरिएको थियो ।
हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक पाठकलाई सो सम्मान वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, गीतकार एवं समाजसेवी शोभित उप्रेती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, राजनीतिज्ञ नवराज सिम्खडा, एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., राजनीतिज्ञ नवराज सिम्खडा, एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सङ्गीतकार नरहरि प्रेमीले देउसी भट्याएका भएको थिए ।
