प्रेममा (कविता)

कविता

जेबी खत्री

 

ह्रदयको पानाभरि

लेखेर प्रेम-पत्र

रगतको मसीले

फेरि किन मेटायौ ?

कहिल्यै बिर्सन

नसक्ने गरि

म यति बेला

आँसुले धोइरहेछु

तिनै ह्रदयका पानाहरू

म हटाउन चाहन्छु

ती दागहरू

यो ह्रदयबाट

सधैं भरीलाई

र सफा ती

ह्रदयका पानाहरूमा

लेख्न चाहन्छु म

बरु आफ्नै कथा

आफ्नै व्यथा

के गर्नु

भिजेर आँसुले

निथ्रुक्क भएपछि

कति पानाहरू

चुँडिएर गए

तर

जाँदा रहेनछन्

रगतका ती दागहरू

लागि सकेपछि

अर्का पटि छिचोली

सकेपछि ।

000

कवि परिचयः कवि जेबी खत्री चुवाडे पाँचथरमा जन्मेका हुन् र हाल शिवसताक्षी झापा बसोवास गर्छन् । उनको पहिलो प्रकाशित रचना “लल्लिका शिकारहरू” विसं २०५० मा झुल्के घाम साप्ताहिकमा प्रकाशित भएको थियो । उनको एक कविता सङ्ग्रह “बन्साका बोटहरू” (२०७०) तथा दुई उपन्यासहरु “चितामाथिको लास” (२०५१)र “दुस्सह” (२०७२) प्रकाशित छन् । उनको एक गीति एल्बम समेत प्रकाशित छ ।

 

Leave a Reply