“विश्वका राष्ट्रिय गान” विमोचन तथा “नेपाल वाङ्मय फाउन्डेसन” को उद्घाटन

समाचार

३० असार २०८०, काठमाडौं

 

काठमाडौंमा एक भव्य समारोहवीच “विश्वका राष्ट्रिय गान” पुस्तकको लोकार्पण “नेपाल वाङ्मय फाउन्डेसन” को औपचारिक शुभारम्भ भएको छ ।

डेड वर्षअघि दर्ता भएको नेपाल वाङ्मय फाउण्डेसनका अध्यक्ष विप्लव ढकालको स्वागत भाषणबाट शुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि लगायत विभिन्न व्यक्तिहरुले सामुहिक रुपमा “विश्वका राष्ट्रिय गान” पुस्तकको सामुहिक रुपमा विमोचन गरेका थिए ।

तत्पश्चात् किनोट स्पिकर मधुरमण आचार्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंलाको सम्वोधन पछि प्रमुख अतिथि परराष्ट्र मन्त्री एन पी साउदले आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा प्रमुख अनुवादक प्रदीप निरौला, नेपालको राष्ट्रिय गानका लेखक व्याकुल माइला, प्रकाशन सौजन्यकर्ता तेन्जी शेर्पा, किनोट स्पिकर मधुरमण आचार्य तथा नेपाल वाङमय फाउण्डेसनका परिकल्पनाकार उमेश श्रेष्ठलाई मायाको चिनो प्रमुख अतिथिले प्रदान गरेका थिए भने प्रमुख अतिथिलाई उमेश श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका अध्यक्ष उमेश श्रेष्ठबाट सम्वोधन तथा धन्यवाद ज्ञापनसँगै औपचारिक कार्यक्रम समापन भएको थियो ।

 

Leave a Reply