शिक्षा

मेरो कविताः मेरो रोजाइ

शुभम् खनाल

 

मनको आँगन झिलिमिली हुन्छ शिक्षा पाए

ज्ञानी बन्छौँ हामी पुस्तकसँग मित लाए ।

शिक्षा नै हो जीवनको अमूल्य यो धन

शिक्षाबाट टाढा हुन मान्दैन यो मन ।।

 

न्युटन, डार्बिन, आइन्स्टाइन असल मानिस बने

जीवन अघि बढ्दैन है यो भएन भने ।

सुन्दर संसार हेर्नलाई यो आँखाको ज्योती

शिक्षा नै हो धन सम्पत्ति जस्तै हिरा मोती ।।

 

मनको मैलो मेटिँदैन शिक्षा नभएमा

निरक्षर हुनुपर्छ स्कुल नगएमा ।

ज्ञानको चक्षु खुल्नुपर्छ मान्छे – मानिस हुन

शिक्षा पाई पुगेका छन् तारा जून छुन ।।

 

विज्ञान र प्रविधिको आजको यो युग

 भन्नुहुन्छ बुबाआमा टाढाटाढा पुग ।

आफूलाई चिनाउन राम्रो शिक्षा खोजौँ

असल शिक्षा प्रप्त गरी सही बाटो रोजौँ ।।

जेनिथ इन्टरनेशनल सेकेन्डरी स्कुल

०००

हेटौँडा, मकवानपुर, कक्षा – ६

Leave a Reply