सदृश्य पर्दा : अन्तर सांस्कृतिक शृङ्गारभित्रको यौनमनोविज्ञान

गोविन्द पौडेल, काठमाडौं लेखकद्वय खेमराज पोख्रेल र विश्वराज अधिकारीको कथासङ्ग्रह सदृश्य पर्दा आद्योपान्त पठनपछि यौनमनोविज्ञानको परिधिभित्र पनि सामाजिक यथार्थका बिरसिला पाटाहरू सौम्य साहित्यभित्रै अटाउन सकिने रहेछ भन्ने सत्यको क्षितिज उघारिएको अनुभूति भएको छ । पूर्वी तराईको पृष्ठभूमि भएका लेखकद्वय आफ्ना क्षेत्रमा पहिल्यै स्थापित नाम हुन् । प्राध्यापन र साहित्य लेखनका क्षेत्रमा अतुलनीय योगदान दिएका लेखकहरूले […]

Continue Reading

सुबिन भट्टराईको “समर लभ”: एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ पहिलो पटक विक्रम संवत् २०६९ सालमा प्रकाशित भएको हो। जम्मा २४७ पृष्ठमा फैलिएको यो उपन्यास मझौला आकारको छ। प्रेम सम्बन्धमा आधारित यस उपन्यासको मूल कथावस्तु दुई मुख्य पात्र अतीत र साया बीचको प्रेम सम्बन्ध वरिपरि केन्द्रित रहेको छ। उपन्यासमा अतीत र साया विश्वविद्यालयमा अध्ययनरत प्रेमी–प्रेमिका […]

Continue Reading

समालोचना क्षेत्रका एक हस्ती नवीन पौड्यालको नयाँ पुस्तक-सर्जकवृत्त

अर्जुन पीयूष, कालिम्पोङ नेपाली साहित्यमा जब-जब प्रबल र दर्बिलो समीक्षाको प्रसङ्ग उठ्ने गर्छ तब पश्चिम बङ्गाल राज्यको कालेबुङ जिल्ला निवासी नवीन पौड्यालको नाम लिनैपर्ने हुन्छ। उनका समीक्षा सम्बन्धित प्रकाशित पुस्तकहरूको लर्को हेर्दा नै लाग्छ उनी समीक्षाका निम्ति जन्मिएका हुन्। उनका प्रकाशित पुस्तकहरू- १. नेपाली कथा समीक्षा (सहलेखन-समालोचना, २००५) २. आख्यान अनुशीलन (समालोचना, २०११) ३. साहित्य […]

Continue Reading

सरुभक्तको उपन्यास प्रतिगन्ध पढेपछि

 भाष्कर मैनाली शर्मा, दार्जिलिङ सरुभक्तद्वारा लिखित उपन्यास ‘प्रतिगन्ध’ साउन २०७६ मा पहिलो पटक प्रकाशित भएको हो। जम्मा ४८७ पृष्ठ समेटिएको यो उपन्यास नेपाली उपन्यास साहित्यमा आकारका हिसाबले केही मोटा उपन्यासमध्ये पर्दछ। यस कृतिको प्रकाशन बुक हिल पब्लिकेसन, कालिकास्थान, काठमाडौँबाट भएको हो। उपन्यास ‘प्रतिगन्ध’ पढिसकेपछि पाठकले अनेकौँ सामाजिक, सांस्कृतिक र मानवीय यथार्थहरूको गहिरो बोध गर्दछ। यस […]

Continue Reading

तालीको समाजशास्त्रभित्र : विविध रङ्गका समाज

गोविन्द पौडेल, काठमाडौं पटकपटक तेस्रो विश्वलाई सम्बोधन गरिएका खिरिला र चिरिच्याँट्ट परेका आधुनिक गद्य कविताभरि आफू हुनुको अस्तित्व छामिरहनु पर्ने , समाज जस्तो छ त्यस्तै बोध गरिरहनुपर्ने , छाती चस्काइरहनुपर्ने , परेला भिजाइरहनुपर्ने , वस्तुतः खैरो रङको समाज भित्रकै सप्तरङ्गी कवि हुन् विश्व सिग्देल । यिनै जिउँदा जाग्दा कवि विश्व सिग्देलले भोगेको युग तालीको समाजशास्त्र […]

Continue Reading

पैयुँ र गोगनको सेपमा मुर्झाएको साल : सिमसारा 

गोविन्द  पौडेल, काठमाडौं  सिमसारा भन्ने मूल शब्द हुन्न । सिमसार  हो । सिमसारबाटै सिमसारा उत्पादित हुँदो  हो । सिमसारलाई   कोमलता दिन सिमसारा भनिएको होला । स्त्रीसुलभता हुन सक्ला । प्रतीक हुन सक्ला । शाब्दिक स्वतन्त्रताको  उपभोग  गरिएको  होला । मीठो  छ । उर्वरता, विविधता र सन्तुलनको पर्याय  हो   सिमसार  ।   रसिलो  हुनु  हो सिमसार । […]

Continue Reading

काव्यको टुसो पलाउँदै जावोस झाँगिदै जावोस्

डा. गोविन्द रावत, टोरन्टो क्यानाडामा नेपाली भाषासाहित्य र संस्कृतिप्रतिको जागरण १९९१ देखि शुरु भएको देखिन्छ । त्यस्तै सन् १९९३ बाट शुरु भएको पत्रिका प्रकाशन लाली गुराँसको दुई अङ्कपछि दियालोबाट निरन्तरता पाउँदै गयो । दियालोको प्रकाशनसंगै क्यानाडामा साहित्यिक गतिविध शुरु हुन्छ । यसको सम्पूर्ण श्रेय किरण ढुङ्गालालाई जान्छ । उनको प्रयासबाट शुरु भएको नेपाली संस्था र […]

Continue Reading

कृष्ण प्रधानको ‘पुरस्कार लुँड्याउनेहरू’ – एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ कृष्ण प्रधानद्वारा लिखित ‘लुँड्याउनेहरू’ एक उत्कृष्ट हास्य–व्यङ्ग्य निबन्ध–सङ्ग्रह हो, जुन २०२५ मा समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशित गरेको हो। ग्राफिक प्रिन्टर्स, दुर्गागढी, सिलिगुडीमा मुद्रित यो कृति जम्मा ४८ पृष्ठको भए पनि यसको व्यङ्ग्यको धार अत्यन्त पैनी र गहिरो छ। सात वटा शीर्षकमा समेटिएका निबन्धहरू समाज र साहित्य क्षेत्रमा फैलिँदै गएको भ्रष्टाचारका […]

Continue Reading

नारी सामर्थ्यका आलोकमा : जरत्कारु

गोविन्द पौडेल, काठमाडौं हिन्दु मिथक अनुसार जरत्कारु अत्यन्त विद्वान् ऋषि हुन् । उनी आफ्नो कठोर तपस्या र शारीरिक प्रताडनाका कारण लोकप्रसिध्द बनेका थिए । उनी मनसाका पति र आस्तिकका पिता हुन् । मनसालाई पनि जरत्कारु नै भनिन्छ । साधु जरत्कारुले मनसासँग आफूबाट जन्मिने शिशुको नाम पनि जरत्कारु नै राखिनुपर्छ भन्ने अडान राखेका थिए । उनी […]

Continue Reading

मणिकुमार शर्माको उपन्यास “लत्याएको फूल” पढेपछि

भाष्कर मैनाली शर्मा “लत्याएको फूल” उपन्यास पहिलो पटक सन् २०२२ मा प्रकाशित भएको हो। जम्मा १७६ पृष्ठमा समेटिएको यस कृति २३ भागमा विभाजित छ र मध्यम आकारको देखिन्छ। यो उपन्यास मूलत: प्रेमप्रसङ्गमा आधारित छ, जसको केन्द्रमा पारस र तृष्णा नामका दुई युगल प्रेमी छन्। दुवै खरसाङका निवासी, शिक्षित र रोजगारीको सिलसिलामा कोलकाता पुगेका पात्र हुन्। […]

Continue Reading