रोजमेरी मेनाड्यूका चिठीहरू(यात्रा संस्मरण)

चन्द्रप्रसाद भट्टराई पपुआ न्यू गिनी बस्ता मैले पाउने चिठीमध्ये सबैभन्दा धेरै हुन्थे मेरा आफ्नै घरबाट आएका । घरबाट आएका चिठीमध्ये पनि धेरै चाहिँ हुन्थे श्रीमतीले लेखेका । लामा–छोटा जस्ता भए पनि उषाले हप्ताको दुइटासम्म चिठी इमेलबाट पठाउँथिन् । त्यसो त हप्तामा दुइपटक जति हामी फोनमा कुरा पनि गर्थ्यौं । तर पनि इमेलमा सबै कुरा खुलाएर […]

Continue Reading

ट्रान्जिट ( नियात्रा )

रन्जुश्री पराजुली ट्रान्जिट शब्द नेपाली भाषामा आगन्तुकको रूपमा भित्रिए पनि आज भोलि यो नेपाली जनबोलिमा बारंबार घोटिने गरेको पाइन्छ ।संसार भरी हवाई यात्राको विकास द्रुतगतिले भएको सिलसिलामा यो शब्द पनि द्रुत गतिले नै सुनिन थालेको हो। । ट्रान्जिट एउटा छोटो शब्दले गहिरो अर्थ जनाउँछ छ । यात्रा गर्दा एक ठाउँबाट अर्को ठाउँ जाँदा केही समयको […]

Continue Reading

कविता

चन्द्रप्रसाद भट्टराई   दुई हजार चौवन्न साल कात्तिक महिनाको एउटा चिसो चिसो बिहानीको कुरा हो । मीठो कलिलो घाम तापेर घर बाहिर बसिरहेको थिएँ, भित्र टेलिफोनको घन्टी टिर्र बजेको सुनियो । गएर रिसिभर उठाएँ, क्षेत्रपाटीबाट एउटा ट्राभल एजेन्सीले मलाई नै खोजेको रहेछ । कुरा के रहेछ भने मेरो जापान जाने टिकट आयो रे, लिन आफ्नो […]

Continue Reading

पथराशीमा मुस्काएको कापचुली

विष्णुप्रसाद शर्मा पराजुली २०८१ वैशाख २६ गते बास बसेको घरमघर (३,९०० मि.)को पखेरोको धारैधार उक्ल्यौँ । त्यो दार्चुलाको उत्तर–पूर्वको उच्च हिमाली खर्क हो । होचो र कोप्चो परेको ठाउँमा बाक्लो बरफ जमेको थियो । त्यस्तो ठाउँमा हामीले क्र्याम्पोन लगायौँ । क्र्याम्पोनको तल्लो भागमा फलामको तिखो काँडा निक्लेको हुनाले बरफमा गाडिन्छ, लर्कनबाट केही हदसम्म जोगाउँछ । […]

Continue Reading

नायग्राका अद्भूत खेलाहरू

तेजप्रकाश श्रेष्ठ नायग्रा फल्स । धेरै पहिलेदेखिको हुट्हुटी । “नायग्रा फल्सको मज्जा त मिड अफ द मिस्ट र केभ अफ द विन्डमा पो हुन्छ त ।” स्नेही बधू समित्राले मसिनो स्वरमा भनिन् । हामीलाई चौ चौ लागिहाल्यो । के हुन् ती ? कस्तो मज्जा पाइँदो हो ? खुल्दुलियो मन । नामैले अनौँठा ! कुइरो कुमारी […]

Continue Reading

दिल्लीको दैलो (नियात्रा)

प्रा.डा. कपिल लामिछाने “गाडी आउन्जेल एक कप चिया खाऊँ कि ! रेलको चियामा कुनै स्वाद थिएन ।” हामी चिया पसल खोज्दै थियौँ । गाडीले हामीलाई मूल द्वारनेर पर्खेर बसेको खबर आयो । चिया नखाई लघुवाहनभित्र पस्यौँ । अब कहाँ जाने कताबाट जाने भन्ने चिन्ता रहेन । “पर्याप्त विकास भएर पनि कति हरियो हगि दिल्ली ।” […]

Continue Reading

बेलुकाका पाहुना (नियात्रा)

जानकी प्रसाद पराजुली   खै ? कताबाट आएका हुन् । ढोकामा ट्वाकट्वाक पनि गरेनन् । “घरमा को हुनुहुन्छ ?” अथवा “ओ घरबेटी बा, आमै ” क्यै पनि भनेनन् । तर उनीहरू सरासरी भित्र पसे । दुई जनालाई बास चाहिएको र’छ । भित्र पसेर ठटेउलो स्वभावमा एउटाले सोध्यो -“बैनी बास पाइन्छ ?” अर्कोले उसैको अनुहारमा हेरेर […]

Continue Reading

सलमाको सिङ्गापुर (नियात्रा)

चन्द्रप्रसाद भट्टराई (प्रस्तुत नियात्रा लेखकको  नियात्रासङ्ग्रह ‘नीला गोलाद्र्ध’ (२०७६) बाट साभार) एउटी पातली–पातली अधवैंसे महिला हाम्री टुर गाइड छिन् । रानोका पछिपछि मौरी गए झैँ हामी उनका पछिपछि विमानस्थलबाट बाहिरिन्छौं । विशाल चाङ्गी विमानस्थल, दिगदिगान्तका जहाज पर्खेर बसेका हजारौं यात्रुहरू मध्येको एउटा प्रतिनिधि समूहमा मिसिएको छु । समूह त सानै छ, पच्चीस जना जतिको तर […]

Continue Reading

कर्णालीको यात्रा र राउटेसँग जम्काभेट

तेजप्रकाश श्रेष्ठ “रोक्नुहोस् ! रोक्नुहोस् !” आवाजसँगै ढ्याक्क बस रोकियो । म यताउता हेर्न थालेँ । आकाश खुल्ला थियो, बाटो खुल्ला थियो । के व्यवधान आइ पुग्यो खै ? सह यात्रीहरूमा पनि अन्योल जमजमायो । किन रोकियो बस ? खुलदुली बटारियो । “राउटे ! राउटे !” बसभरि गुञ्जियो उत्सुकताका स्वर ! बसको झ्यालबाट बाहिर चियाएँ, […]

Continue Reading

भूलभूलैयामा भुल्दा (नियात्रा)

रञ्जुश्री पराजुली बाजे जिजुबाजेको पालामा तीर्थ जाँदा यति समय सम्म हामी फर्किएनौं भने हाम्रो काज किरिया गर्नु भनेर जान्थे रे ।यस्तो कुरा मैले धेरै तिरबाट सुनेको छु । केही समय अगाडि सम्म पनि काशी ,अयोध्या आदि तीर्थस्थल लजान नेपालबाट गाडीमा गोरखपुर त्यताबाट भारतीय रेल चढेर विभिन्न नाका हुँदै जान पर्थ्यो। जसले गर्दा समय लाग्थ्यो पनि […]

Continue Reading