विश्वपरिक्रमा सम्वाददाता
नेपाली कला क्षेत्रमा ३ दशक अगाडी देखी प्यारोडी तथा पप गायकको नामले चर्चित बहुचर्चित बहुमुखी कलाकार रतन सुबेदीको आफ्नैरचना, संगीत र गायनका साथै आफैंद्वारा अभिनित म्युजिक भिडियोको छायांकन वाल्टिमोर क्षेत्रमा समाप्त भएको छ । गायनमासुवेदीलाई गायिका बानीका प्रधानले साथ दिएकी छिन् ।
तारा सुबेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल रीमा केसीले सुवेदीका साथ अभिनय गरेकी छिन् ।यो गीतको संगीत
संयोजन चांद सिंहले गरेका छन् भने सिनेमाटोग्राफी बिक्रान्त & बिशाल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियो केसी डान्स सेन्टरकासंस्थापक नविन केसीले गरेका छन् !