विश्वपरिक्रमा डेस्क , अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले हरेक २ बर्षमा प्रदान गर्दै आएको साहित्य, कला, समाजसेवा रपत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई दिइने नवरत्न पुरस्कारको घोषणा गरेको छ ।
समितिद्वारा जारी प्रेस विज्ञप्ति अनुसार साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममताकर्माचार्य, गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्नेनिरणय गरेको छ ।
समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिस अनुसारसो निर्णय गरेको हो । पुरस्कारमा जनही २५० डलर र प्रमाणपत्र रहेको छ ।
पुरस्कार चयनको लागि साहित्यकार लीला लुइटेलको संयोजकत्वमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौलासहितको ३ सदस्यीय चयन समिति गठन गरिएको थियो ।
प्रेस विज्ञप्तिका अनुसार आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरिनेछ ।
स्मरणीय छ, यस अघि २ पटक गरी १८ जना महिलालाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।