विश्वपरिक्रमा डेस्क , अमेरिका
“विगत र बाडुली” संस्मरण कृतिलाई २०७७ सालको उत्तम-शान्ति पुरस्कार प्रदान गरिने भएको छ । भारती गौतमद्वारा लिखितआत्मपरक निबन्धमा उत्कृष्टताका प्रस्तुत भएकाले सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको पुरस्कार गुठीले जनाएको छ ।
लामो समय रूपरेखाको सम्पादन गरेका तथा “ स्रष्टा र साहित्य “ अन्तरवार्ता कृतिका लागि विसं २०२३ सालका मदन पुरस्कारलेपुरस्कृत गैर आख्यान कृति “ अनुभव र अनुभूकिका स्रष्टा उत्तम कुंवरको विसं २०३९ मा देहान्त भएपछि विसं २०४४ सालमा उत्तम कुंवरकीपत्नी श्रीमती शान्ति कुंवरले रू ७००० राशीको गैर आख्यान श्रेष्ठ कृतिका लागि “ उत्तम पुरस्कार” को स्थापना गरेकी थिइन् । विसं२०४४ सालमा पहिलो पटक मंजुलले “सम्झनाका पाइलाहरू” कृतिका लागि पाएका थिए ।
विसं २०५० सालमा शान्ति कुंवरको निधन भए पछि छोरीहरूले पुरस्कारको नाम “उत्तम शान्ति पुरस्कार” का रूपमा नाम परिवर्तन गरीपुरस्कारको राशी पनि रू १५,००० बनाएका थिए । उत्तम शान्ति पुरस्कार पहिलोपल्ट विसं २०५० सालमा “जेलको सम्झना” कृतिकालागि दुर्गा घिमिरेले प्राप्त गरेकी थिइन् ।
पुरस्कार स्थापनाको ३५ औं बर्षमा भारती गौतमले रू १००,००० (एक लाख) नगद प्राप्त गर्नेछिन् ।
