विश्वपरिक्रमा डेस्क , अमेरिका
गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रवासी नेपालीको उत्कृष्ट पुस्तकलाई प्रदानगरिने “अरनिको पुरस्कार” को स्थापना गरेको छ । नेपाली भाषामा प्रकाशित कुनै पनि विधाको उत्कृष्ट पुस्तकलाई वार्षिक रूपमा दिइनेसो पुरस्कारको राशी दुई लाख रहेको छ र पुरस्कृत साहित्यकारले नेरू दुई लाख नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उक्त पुरस्कारका लागि एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिकमत थापाको संयोजकत्वमा नयनराज पाण्डे, नीलम कार्कीनिहारिका, ददि सापकोटा, महेश्वर पन्त रहेको समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिगंगाप्रसाद उप्रेती, एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्त र एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने छन् ।
समितिको बैठकले सो पुरस्कार यसै बर्षदेखि प्रदान गरिने र त्यसको लागि विसं २०७७ प्रकाशित गैरआवासीय नेपाली लेखकलाईकृतिका आधार मानिने जनाईएको छ । नेपाली वाङ्मय क्षेत्रको एक उत्कृष्ट पुस्तकका लागि “अरनिको पुरस्कार” प्रदान गरिनेछ ।
अरनिको पुरस्कार प्रत्येक वर्षको गैरआवासीय नेपाली संघको साधारणसभा वा अक्टोबरमा आयोजना गरिने एनआरएन डेको अवसरपारेर दिइने जनाइएको छ ।

भारतीय नेपाली भाषीलाई फेरि पनि बधाई र अरनिको अन्तरराष्ट्रिय पुरस्कार स्थापनाको लागि NRN लाई शुभकामना !