अभि सुवेदी र लक्ष्मी माली नयाँ दिल्लीमा पुरस्कृत
१२ नोभेम्वर २०२५, नयाँ दिल्ली
नयाँ दिल्लीमा नोभेम्वर ९ देखि १२ सम्म सम्पन्न फाउण्डेसन अफ साउथ एसियन लिटरेचर फोसवाल लिटरेचर फेस्टिभलमा नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व कवि, नाटककार, समालोचक विद्वान अभि सुवेदी “सार्क लिटरेचर लाइफ टाइम एचिभमेण्ट अवार्ड” बाट सम्मानित भएका छन् । उनले केही बर्ष अघि सार्क लिटरेचर फेस्टिभल अवार्ड पाइसकेका थिए ।
सो सम्मेलनमा कवयित्री लक्ष्मी मालीले सार्क लिटरेचर अवार्ड पाएकी छिन् ।
स्मरणीय छ, सार्क लिटरेचर फेस्टिभलमा नेपालको सकृय सहभागिता रहँदै आएको छ ।
यस वर्षको यस सम्मेलनमा नेपालबाट पुरस्कृत प्रतिभाहरू अभि सुवेदी, लक्ष्मी मालिका साथै भीष्म उप्रेती, अभय श्रेष्ठ, जानु धिताल, अनिता लामा, विश्व सिग्देल, विधान आचार्य, स्नेह सायमी, धीर कुमार श्रेष्ठ,रितुराज सुवेदी, दीनबन्धु शर्मा तथा नाज सिंह सहभागी रहेका थिए ।
000
